Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने लक्ष्य


‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने लक्ष्य

काठमाडौँ। आउटसोर्सलाई थप विस्तार र व्यावसायिक गर्ने लक्ष्यसहित ‘ग्लोबल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ परियोजना घोषणा गरिएको छ । गेनमार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने लक्ष्यसहित घोषणा गरिएको महत्वकांक्षी परियोजनालाई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले कार्यान्वयनमा ल्याएको हो ।

ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन) परियोजना विश्वव्यापी रूपमा तीव्र गतिमा बढिरहेकोविशेष गरी लेखा, लेखापरीक्षण, कर, तलब भुक्तानी (पेरोल) तथा वित्तीय प्रतिवेदनजस्ता उच्च मूल्यका क्षेत्रमा बिजनेस प्रोसेस आउटसोर्सिङ (बीपीओ) र नलेज प्रोसेस आउटसोर्सिङ (केपीओ) प्रतिको एक रणनीतिक रहेको नेपाल चार्टर्ड एकाउन्टेण्ट्स संस्था (आइक्यान) का अध्यक्ष सिए निलबहादुर सारु मगरले बताउनुभएको छ । उहाँँका अनुसार आइक्यानले ‘ग्लोबल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’मार्फत १० वर्षमा डेढ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ । अबको तीन वर्षमा १० हजार, पाँच वर्षमा ५० हजार र १० वर्षमा डेढ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य छ ।

१० वर्षपछि वार्षिक ६ अर्ब ३३ करोड ६० लाख डलर आम्दानी गर्ने लक्ष्य लिएको उहाँले बताउनु भयो । आइक्यानका अध्यक्ष सिए निलबहादुर सारु मगरकाअनुसार अबको तीन वर्षमा ३४ करोड ६० लाख डलर, पाँच वर्षमा एक अर्ब ९२ करोड डलर र १० वर्षमा ६ अर्ब ३३ करोड ६० लाख डलर वार्षिक आम्दानी गर्ने योजना छ । आइक्यानले यसलाई प्रवद्र्धन गर्न आगामी माघ १७ गते काठमाडौंमै आउटसोर्सिङ सम्मेलन गर्न लागेको छ भने आगामी फागुनमा लन्डनमा हुने एक अन्तर्राष्ट्रिय एकाउन्टिङ समिटमा पनि आइक्यानले सहभागिता जनाउन लागेको उहाँको भनाइ छ ।

सारुमगकाअनुसार अहिले नयाँ पुस्ताको विद्यार्थीको आकर्षण सूचना प्रविधिमा छ । लेखा सेवातर्फ आकर्षण कम छ । फलस्वरूप विश्वबजारमै लेखापरीक्षकको अभाव देखिन थालेको छ । यससम्बन्धी शिक्षामा अमेरिका, लण्डन, अस्ट्रेलियामा ३० प्रतिशतको गिरावट आएको छ । अहिले सेवामा भइरहेका लेखापरीक्षक पनि रिटायर्ड भइरहेका छन् । नयाँ भने त्यति आएका छैनन् । त्यसले गर्दा विश्वबजारमा यस्तो सेवाको माग बढेको छ । बंगलादेश, फिलिपिन्स, भियतनाम तथा भारत यो सेवामा अघि बढिसकेका छन् । गत वर्ष फिलिपिन्सको अर्थतन्त्रमा यसको योगदान सात प्रतिशत पुगेको देखिएको छ । अब यो अवसरबाट नेपालले पनि लाभ लिनुपर्छ । नेपाललाई एकाउन्टिङको हब बनाउने लक्ष्य लिएको छ ।

आइक्यान अध्यक्ष सारु मगरले भन्नुभयो–‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन) परियोजना पछिल्लो समय एकाउन्टिङ, आउटसोर्सिङको दक्षिण एशियामा धेरै भइरहेको छ । एकाउन्टिङ, अडिटिङको आउटसोर्सिङमा भारतले लिड गरिरहेको छ । फिलिपिन्स, बंगलादेशजस्ता देशहरुले यो क्षेत्रमा एकदमै राम्रो प्रगति गरिरहेका छन् । नेपाललाई एकाउन्टिङ, आउटसोर्सिङको हब किन नबनाउने भन्ने हिसावले यसको नेतृत्व हामीले लिएर गेन प्रोजेक्ट अघि बढाएका हौं । पछिल्लो समय युरोप अमेरिका तिर अकाउन्टिङ पढ्ने विद्यार्थीको चाहिँ नम्बर घटिरहेको छ । र अहिलेको यंगस्टर्सहरु अकाउन्टिङहरु भन्दा पनि बढी आइटी तिर अथवा अन्य सेक्टरमा आफ्नो अध्ययन गरिरहेका छन । जसले पश्चिमा कर्पोरेट क्षेत्रमा अकाउन्टन्टहरुको सिग्निफिकन्ट सर्टेज भइरहेको छ । मोर इम्पोर्टन्टली अकाउन्टङ फर्महरुमा नै पनि अहिले क्वालिफाइड रिसोर्सको कम एकदमै छ र पछिल्लो समयमा अब युएस तिर ‘मोर देन ३०% अफ अकाउन्ट्स आर रिटायरिङ, बट देर इज नो रिप्लेसमेन्ट’ छ । त्यसले गर्दा अब त्यो कर्पोरेट क्षेत्रको ग्रोथ भएको भए त्यसको वन अफ द मोस्ट इम्पोर्टन्ट आर्टिक भनेको अकाउन्टेन्टहरु हो । अनि त्यो अकाउन्टन्टहरु सर्टेज लाई पुरा गर्नु पर्यो । अकाउन्टङ कामहरु अहिले आउटसोस गरेर एसियन कन्ट्रिजहरुले त्यो सर्टेजलाई पुरा गराइरहेका छन । त्यसले गर्दा हाम्रो नेपालको सन्दर्भमा पनि हामीसँग रिसोर्सहरु राम्रै भएको छ । दैनिक विश्व विद्यालयबाट विद्यावारिधी गर्नेहरु बढिरहेका छन् ।’

उहाँकाअनुसार आउटसोर्सलाई थप विस्तार र व्यावसायिक गर्ने लक्ष्यसहित ‘ग्लोबल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ परियोजना ल्याइएको छ । ससम्बन्धी वेबसाइट सार्वजनिक पनि गरिएको छ । यसमार्फत विश्वबजारमा नेपाली लेखापरीक्षकमार्फत लेखापरीक्षणको सेवा दिइने लक्ष्य लिएको छ । गेन परियोजनाअन्तर्गत आइक्यानले देशको ब्रान्डिङ, रणनीतिक बजारीकरण, सीप विकास, अन्तर्राष्ट्रिय सहकार्य, अनुसन्धान तथा नीतिगत सल्लाह र इकोसिस्टम विकासका पहलहरूको नेतृत्व गर्नेछ । साथै, संस्थाले नियामकीय तथा नीतिगत सुधार, समर्पित बीपीओ÷केपीओ केन्द्रहरूको स्थापना र सुदृढ डिजिटल पूर्वाधारका लागि पैरवी गर्ने आइक्यानले जनाएको छ ।


प्रकाशित मिति: २४ पुष २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?