Trending
>>   धनराज गुरुङको प्रश्नः सबै आ–आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ ? >>   गगन–विश्वप्रकाशलाई सहमहामन्त्री परियारको जवाफः ‘पार्टी व्यक्तिगत कम्पनी होइन, बहुमतको निर्णय मान्नैपर्छ’ >>   शेखर कोईरालाले विशेष महाविधेशन पक्षधरहरुसँग छलफल गर्ने >>   मामदानी न्युयोर्क शहरको पहिलो मुस्लिम मेयरको रूपमा शपथवद्ध >>   स्विट्जरल्याण्डको बारमा भीषण आगलागीः ४० जनाको मृत्यु, ११९ घाइते >>   डा. सुनिल शर्माले रतुवामाईको सामुदायिक विद्यालयमा ४ करोडको भवन निर्माण गरिदिने >>   काठमाडौं–२ बाट प्रतिनिधि सभा चुनाव लड्ने राप्रपा नेतृ कुन्ती पोखरेलको घोषणा >>   दक्षिण कोरियामा सवारी दुर्घटनाः १ जनालाई हृदयघात, ६ घाइते >>   एनभिए भलिबलः महिलातर्फ पुलिस र न्यु डायमण्डले उपाधिका लागि प्रतिष्पर्धा गर्ने >>   महाधिवेशन प्रतिनिधिलाई महामन्त्री थापाले भने– पुसभित्र विषेश महाधिवेशन हुन्छ, काठमाडौंमा भेटौँला
Logo
१९ पुष २०८२, शनिबार
१९ पुष २०८२, शनिबार

विश्व


विश्वशान्ति स्थापनामा प्रभावकारी भूमिका निर्वाह गर्ने नेपालको प्रतिबद्धता

काठमाडाैं। उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संयुक्त राष्ट्रसङ्घसँगको सहकार्यमा विश्वशान्ति स्थापनामा प्रभावकारी भूमिका निर्वाहका लागि नेपाल प्रतिबद्ध रहेको बताएका छन् । संयुक्त राष्ट्रसङ्घको आयोजनामा घानाको आक्रामा आयोजित अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मन्त्रीस्तरीय सम्मेलनका क्रममा उपप्रधानमन्त्री खड्काले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । त्यस अवसरमा मङ्गलबार संयुक्त राष्ट्रसङ्घ कार्यसञ्चालन समन्वय

लस भेगासमा गोली चल्दा २ जनाको मृत्यु

१६ ,मङ्सिर ,काठमाडौँ । लस भेगासमा शुक्रबार भएको गोलीकाण्डमा कम्तीमा दुई जनाको मृत्यु हुनाका साथै अन्य तीन जना घाइते भएका छन् । स्थानीय समाचार च्यानलले प्रहरीलाई उद्धृत गर्दै जनाए अनुसार स्थानीय समय साँझ ५:३४ मा गोली चलेको हो। प्रहरीले गोलीबारीमा मारिएका दुई जनाको चोटपटकबाट मृत्यु भएको खुलासा गरेको छ भने

गाजामा इजरायलको नयाँ आक्रमण : कम्तीमा ३२ जनाको मृत्यु

१५ ,मङ्सिर ,गाजा । गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तिमा ३२ जनाको मृत्यु हुनाको साथै थुप्रै घाइते भएको गाजा पट्टीका चिकित्सा स्रोतहरूले शुक्रबार सिन्ह्वालाई बताएका छन्। गाजा पट्टीका थुप्रै क्षेत्रहरूलाई लक्षित गर्दै इजरायलीहरूले गरेको हमलामा परी कम्तिमा ३२ जना प्यालेस्टाइनीहरू मारिएको र थुप्रै घाइते भएको स्रोतले जनाकरी दिएको छ ।

हमाससँगको युद्धविराम थप एक दिन लम्बिएको इजरायलद्वारा पुष्टि

१४ ,मङ्सिर ,गाजा/जेरुसेलम । हमास र इजरायलले गाजा पट्टीमा मानवीय युद्धविराम लम्ब्याउन सहमत भएको प्यालेस्टाइनी र इजरायली अधिकारीहरूले बिहीबार विभिन्न वक्तव्यमा बताएका छन् । हमासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “बिहीबार बिहान सकिँदै गरेको युद्धविरामको समयावधि थप एक दिन लम्ब्याइने भएको छ । “हाम्रा मध्यस्थकर्तामार्फत हामी युद्धविरामलाई थप एक दिनका

कजाकिस्तानको छात्रवासमा आगलागी हुँदा १३ को मृत्यु

१४ ,मङ्सिर ,अल्माटी (कजाकिस्तान) । कजाकिस्तानको सबैभन्दा ठूलो सहर अल्माटीमा बिहीबार बिहानै एक छात्रवासमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको सहरको आपत्कालीन स्थिति विभागले जनाएको छ । “आगो निभाउने क्रममा प्रारम्भमा १३ जनाको मृत्यु भएको थाहा भएको छ, उनीहरूको सनाखत हुन बाँकी छ”, विभागले एक विज्ञप्तिमा भनेको छ, “कार्बन

अफगानिस्तानमा सडक दुर्घटना हुँदा चार जनाको मृत्यु

१० ,मङ्सिर ,मेयमाना, अफगानिस्तान । उत्तरी अफगानिस्तानको फरयाब प्रान्तमा आइतबार एउटा कार सडकबाट चिप्लिएर भएको दुर्घटनामा कम्तीमा चार जनाको मृत्यु भएको छ । उक्त घटनामा अन्य छ जना घाइते भएका प्रान्तीय सूचना तथा संस्कृति निर्देशक शमसुदिन मोहम्मदीले जानकारी दिए । बुल्चेराग जिल्लामा मध्याह्नतिर भएको उक्त दुर्घटनामा दुई बालबालिकासहित चार जनाको

हमासद्वारा बन्धकको दोस्रो समूह रेडक्रसलाई हस्तान्तरण

१० ,मङ्सिर ,गाजा । प्यालेस्टिनी इस्लामिक रेजिस्टेन्स मुभमेन्ट (हमास) ले शनिबार एक विज्ञप्ति जारी गर्दै इजरायली र विदेशी बन्धकको दोस्रो समूह रेडक्रसलाई हस्तान्तरण गरेको जनाएको छ । इजरायली डिफेन्स फोर्सेज (आइडीएफ) ले आफ्नो एक्स (ट्वीटर) अकाउन्टमा लेखेको छ, “१३ जना इजरायली र चार जना थाईसहित १७ जना बन्धकहरू इजिप्ट हुँदै

पाकिस्तानको सपिङ मलमा आगलागी एघारको मृत्यु

९ ,मङ्सिर ,पाकिस्तान (कराँची)। पाकिस्तानको व्यापारिक राजधानी कराँचीस्थित सपिङ मलमा शनिबार आगलागी हुँदा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै ३५ जना घाइते भएको अधिकारीहरूले बताएका छन् । दक्षिणी बन्दरगाह सहरस्थित छ तले भवनको चौथो तलामा आगलागी हुँदा ६० जनाभन्दा बढी मल भित्र रहेका थिए । “हाम्रा उद्धारकर्मीहरूले अहिलेसम्म ११ जनाको

हमास–इजरायल द्वन्द्वका कारण प्यालेस्टिनी बेरोजगारी दर ७० प्रतिशत पुग्यो : प्यालेस्टिनी श्रममन्त्री

८ ,मङ्सिर ,गाजा । हमास–इजरायलबीचको रक्तपातपूर्ण द्वन्द्वका कारण प्यालेस्टिनीमा बेरोजगारी दर ह्वातैै बढेर ७० प्रतिशत पुगेको प्यालेस्टिनी श्रममन्त्रीले बिहीबार बताएका छन् । नसरी अबु जैशले एक प्रेस विज्ञप्ति जारी गरी भने, “हामीले दशौं हजार भवन र आवासीय एकाइहरूमा लगातार हिंस्रक बम विष्फोटको परिणाम स्वरूप हजारौं कार्यबल र रोजगारदाताहरू गुमायौँ ।”

चीन-युरोप मालवाहक रेल नेटवर्कले सम्पूर्ण युरोप समेट्दै

८ ,मङ्सिर ,बेइजिङ । चीन-युरोप मालवाहक रेल नेटवर्कले सम्पूर्ण युरोपलाई समेटेको छ । आजसम्म करिब ८१ हजार चीन-युरोप मालवाहक रेल यात्रा सम्पन्न गरी २५ युरोपेली देशहरूका २१७ शहरहरूमा सेवाहरू प्रदान गरिसकेको राष्ट्रिय विकास र सुधार आयोगले जनाएको छ । चीन-युरोप मालवाहक रेलहरूले एसिया र युरोपमा अन्तरराष्ट्रिय यातायात मार्गहरूको आकार परिवर्तन

सम्वन्धित समाचारहरु