Trending
>>   हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ >>   जुवातास खेलिरहेको अवस्थामा ३९ जुवाडे पक्राउ >>   नेपालगञ्जमा डेंगु सङ्क्रमणको उच्च जोखिम >>   प्रधानमन्त्रीद्वारा लक्ष्मीपूजाको शुभकामना >>   तिहारले मुलुकको अर्थव्यवस्थालाई चलायमान बनाउँछ : उपराष्ट्रपति >>   नेपालले अघि सारेका विषयहरुप्रति अन्तर्राष्ट्रिय समुदाय सकारात्मक : अर्थमन्त्री पौडेल >>   नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक : राष्ट्रपति पौडेल >>   उत्तर कोरियाले प्रहार गर्‍यो ब्यालेस्टिक मिसाइल >>   मौसम : यी प्रदेशमा आज मेघ गर्जन सहित वर्षाको सम्भावना,हिमाली भेगमा हिमपात हुने >>   आज मिति २०८१ साल कार्तिक १५ गते बिहिबार, हेर्नुहोस आजको राशिफल
Logo
१५ कार्तिक २०८१, बिहीबार
१५ कार्तिक २०८१, बिहीबार

हमाससँगको युद्धविराम थप एक दिन लम्बिएको इजरायलद्वारा पुष्टि


१४ ,मङ्सिर ,गाजा/जेरुसेलम हमास र इजरायलले गाजा पट्टीमा मानवीय युद्धविराम लम्ब्याउन सहमत भएको प्यालेस्टाइनी र इजरायली अधिकारीहरूले बिहीबार विभिन्न वक्तव्यमा बताएका छन् ।

हमासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “बिहीबार बिहान सकिँदै गरेको युद्धविरामको समयावधि थप एक दिन लम्ब्याइने भएको छ ।

“हाम्रा मध्यस्थकर्तामार्फत हामी युद्धविरामलाई थप एक दिनका लागि लम्ब्याउन सहमत भएका छौं,” हमासद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ ।

इजरायली रक्षा बल (आईडीएफ) ले गाजा पट्टीमा हमाससँगको युद्धविराम लम्बिने बिहीबार बिहान पुष्टि गरेको छ ।

“बन्धकहरूलाई रिहा गर्ने प्रक्रिया जारी राख्ने मध्यस्थहरूको प्रयासपछि सम्झौतामा उल्लेखित सर्तहरूको अधीनमा रहने गरी थप एक दिनका लागि युद्धविरामको समय बिस्तार भएको छ,” हालको युद्धविराम सम्झौताको म्याद समाप्त हुनुभन्दा केही मिनेट अघि आईडीएफले जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ ।

हमासले बुधबार रिहा गरेका दुई इजरायली–रूसी महिलालाई बिहीबारका लागि बन्धकको सूचीमा समावेश गरिने भएकाले बिहीबार हमासले आठ जना मात्र बन्धकलाई रिहा गर्ने इजरायली सञ्चारमाध्यमले जनाएका छन् । त्यसको बदलामा ३० जना प्यालेस्टिनीलाई इजरायली जेलबाट रिहा गरिनेछ ।

इजरायली सेनाका प्रवक्ता अविचाई अद्राईले एक प्रेस विज्ञप्ति जारी गर्दै भन्नुभयो, “बन्धकलाई रिहा गर्ने प्रक्रिया जारी राख्न मध्यस्थहरूको प्रयास र सम्झौताका सर्तहरू अनुसार थप एक दिनका लागि मानवीय युद्धविराम अवधि जारी रहनेछ । हमासले सम्झौताअनुसार रिहा गरिने बन्धकहरूको नामको नयाँ सूची ‘पछि हस्तान्तरण गर्ने बताएको’ छ ।”

दुवै पक्षले युद्धविराम सम्झौताको एक भागको रूपमा छैटौं चरणको रिहाइ पूरा गरेका छन् ।


प्रकाशित मिति: १४ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?