Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

गाजामा इजरायलको नयाँ आक्रमण : कम्तीमा ३२ जनाको मृत्यु


१५ ,मङ्सिर ,गाजा । गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तिमा ३२ जनाको मृत्यु हुनाको साथै थुप्रै घाइते भएको गाजा पट्टीका चिकित्सा स्रोतहरूले शुक्रबार सिन्ह्वालाई बताएका छन्।

गाजा पट्टीका थुप्रै क्षेत्रहरूलाई लक्षित गर्दै इजरायलीहरूले गरेको हमलामा परी कम्तिमा ३२ जना प्यालेस्टाइनीहरू मारिएको र थुप्रै घाइते भएको स्रोतले जनाकरी दिएको छ ।

गाजाको सरकारी सञ्चार कार्यालयले विज्ञप्ति जारी गर्दै इजरायली विमानले गाजा पट्टीका विभिन्न शहरहरूका बसोबास रहेको र भीडभाड भएका क्षेत्रहरूमा बमबारी जारी राखेको जनाएको छ ।

विज्ञप्तिमा बालबालिका र महिलाहरू विरुद्ध जारू आक्रमणका लागि अन्तरराष्ट्रिय समुदायलाई जिम्मेवार ठहराइएको छ । इजरायली सञ्चार माध्यमका अनुसार नोभेम्बर २४ मा इजरायल र हमासले अल्पकालीन युद्धविराम गरेपछि पहिलो पटक शुक्रबार बिहान गाजासँगको सीमा नजिक इजरायली शहरहरूमा साइरन बजिरहेको आवाज सुनिन्थ्यो ।

इजरायली सेनाले गाजा पट्टीबाट इजरायलतर्फ प्रहार गरिएको क्षेप्यास्त्रलाई रोकेको पुष्टि गरेको छ। आक्रमणपछि, इजरायली होम फ्रन्ट कमाण्डले देशका केही क्षेत्रहरूमा नागरिकहरूका लागि दिशानिर्देशहरूलाई कडा पारेको छ।

इजरायल र हमासबीच भएको अस्थायी मानवीय युद्धविराम स्थानीय समय अनुसार शुक्रबार बिहान ७ बजे समाप्त भएको थियो।


प्रकाशित मिति: १५ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?