Trending
>>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

कजाकिस्तानको छात्रवासमा आगलागी हुँदा १३ को मृत्यु


१४ ,मङ्सिर ,अल्माटी (कजाकिस्तान) कजाकिस्तानको सबैभन्दा ठूलो सहर अल्माटीमा बिहीबार बिहानै एक छात्रवासमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको सहरको आपत्कालीन स्थिति विभागले जनाएको छ ।

“आगो निभाउने क्रममा प्रारम्भमा १३ जनाको मृत्यु भएको थाहा भएको छ, उनीहरूको सनाखत हुन बाँकी छ”, विभागले एक विज्ञप्तिमा भनेको छ, “कार्बन मोनोअक्साइड विषाक्तताका कारण उनीहरूको मृत्यु भएको हो ।”

पूर्वराजधानीको बीचमा रहेको आदी सारिपोभ स्ट्रिटमा स्थानीय समयअनुसार साढे पाँच बजे आगो लागेको सूचना प्राप्त भएको थियो । अग्निशमनकर्मीहरू तीन तले आवासीय भवनमा लागेको आगो निभाउन सात मिनेटपछि पुगेका थिए ।

आगलागी हुँदा उक्त छात्रावासमा ७२ जना रहेको र ५९ जनालाई सुरक्षितरूपमा बाहिर निकालिएको विभागले बताएको छ ।


प्रकाशित मिति: १४ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?