Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

लस भेगासमा गोली चल्दा २ जनाको मृत्यु


१६ ,मङ्सिर ,काठमाडौँ । लस भेगासमा शुक्रबार भएको गोलीकाण्डमा कम्तीमा दुई जनाको मृत्यु हुनाका साथै अन्य तीन जना घाइते भएका छन् । स्थानीय समाचार च्यानलले प्रहरीलाई उद्धृत गर्दै जनाए अनुसार स्थानीय समय साँझ ५:३४ मा गोली चलेको हो।

प्रहरीले गोलीबारीमा मारिएका दुई जनाको चोटपटकबाट मृत्यु भएको खुलासा गरेको छ भने अन्य तीनजनालाई चोटपटक लागे पनि खतारामुक्त रहेको बताएको छ ।
लस भेगास महानगरीय प्रहरी विभागका प्रवक्ताले पीडितहरूलाई “घरविहीन” व्यक्ति भएको उल्लेख गरेको छ ।

यसै बीच, एबिसी समाचार च्यानलले लस भेगासमा शुक्रबारको गोलीबारी लस एन्जलसका हालैका घटनाहरूसँग सम्बन्धित नभएको बताएको छ । सो घटनामा घरबारविहीनहरूलाई गोली हानेर मारिएको थियो र सम्भावित सिरियल किलरले लक्षित गरेको हुनसक्ने प्रक्षेपण गरिएको छ ।

ती तीनजना पीडितहरू फुटपाथ (गल्ली) मा एक्लै सुतिरहेका बताइएको छ । आक्रमणकारी अझै फरार छन्।


प्रकाशित मिति: १६ मंसिर २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?