Trending
>>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न >>   राष्ट्रियताको रक्षा गर्न ओलीको विकल्प छैनः पदम गिरी >>   पक्ष—विपक्ष छैन, हामी सबै एमाले हौँः कृष्णगोपाल श्रेष्ठ >>   एमाले फुटोस् र पार्टी बनाउँछौँ भन्ने सपना देख्नेहरुको चाहना पूरा हुनेछैनः महेश बर्तौला >>   एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान जारी (तस्बिरसहित) >>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १३१ पुग्यो


चीन। चीनको उत्तरपश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १३१ पुगेको छ । चीनको उत्तरपश्चिमी प्रान्त गान्सुमो भूकम्पमा परी बुधबार बिहान ९ बजेसम्म मृत्यु हुनेको सङ्ख्या ११३ पुगेको छ भने घाइतेको सङ्ख्या ७८२ पुगेको छ ।

त्यसैगरी, चाइना भूकम्प नेटवर्क सेन्टरका अनुसार भूकम्प राति ११ बजेर ५९ मिनेटमा गएको हो । भूकम्पको केन्द्र गान्सु प्रान्तको जिशिशानको बोनान-डोङ्सिआङ-सालार स्वायत्त काउन्टीबाट करिब आठ किलोमिटर टाढा रहेको बताइएको छ ।

सो भूकम्पले छिङहाइ प्रान्तमा १८ जनाको ज्यान लिएको स्थानीय अधिकारीहरूले बुधबार बिहान जानकारी दिएका छन् । बिहान ५ः३० बजेसम्म, प्रकोपका कारण क्विङहाइमा १९८ जना घाइते भएको रिपोर्ट गरिएको छ भने अन्य १६ जना अझै बेपत्ता छन् ।


प्रकाशित मिति: ४ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?