Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

भ्रष्टाचारको आरोप लागेसँगै जापानका चार मन्त्रीहरूले दिए आफ्नो पदबाट राजीनामा


काठमाडौं। भ्रष्टाचार गरेको आरोप लागेसँगै जापानका चार मन्त्रीहरूले आफ्नो पदबाट राजीनामा दिएका छन् । चुनावी चन्दा सङ्कलनका क्रममा रकम हिनामिना गरेको आरोप लागेका ती चार मन्त्रीहरूले बिहीबार राजीनामा दिएका हुन् ।

त्यस्तै, राजीनामा दिनेहरूमा मन्त्रिपरिषद् सचिव तथा सरकारका प्रवक्ता हिरोकाजु मात्सुनो रहेका छन् । उनी प्रधानमन्त्रीका सबैभन्दा निकट मानिएका प्रभावशाली अनुहार हुन् । बिबिसीका जापानको सत्ताधारी उदार प्रजातान्त्रिक पार्टीका चार मन्त्रीको राजीनामा आएसँगै जापानी प्रधानमन्त्री फुमिओ किसिदालाई सकस बढेको छ ।

सो राजीनामा दिने अरु तीन मन्त्रीमा अर्थ तथा उद्योग मन्त्री यासुतोसी निसीमुरा, आन्तरिक मामिला मन्त्री जिन्जी सुजुकि र कृषि मन्त्री इचिरो मियासिता रहेका छन् । चार मन्त्रीका अतिरिक्त पाँच सहायक मन्त्रीहरू जो सोही गुटका हुन, तीनले पनि राजीनामा दिएका छन् ।


प्रकाशित मिति: २८ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?