Trending
>>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर >>   भक्तपुरको दुवाकोटमा पनि काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल >>   विशेष महाधिवेशनको नाममा भएको ५ महिने झगडा नै काँग्रेस पराजयको मुख्य कारकः नेता घिमिरे >>   राष्ट्रिय परिचय पत्र र नागरिकता प्रणालीबीच अन्तरआवद्धता शुरु, अब छुट्टाछुट्टै फारम भर्नु नपर्ने
Logo
८ चैत्र २०८२, आईतवार
८ चैत्र २०८२, आईतवार

विश्व


६.७ म्याग्निच्युडको भूकम्प

एजेन्सी । मंगलवार पपुवा न्यु गिनीमा ६.७ म्याग्निच्युडको भूकम्प गएको छ । पपुवा न्युगिनीको लाएबाट २१ किलोमिटर पश्चिममा ६.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । १०७.० किलोमिटर गहिराइमा रहेको भूकम्पको केन्द्रबिन्दु शुरुमा ६.७० डिग्री दक्षिण अक्षांश र १४६.८० डिग्री पूर्वी देशान्तरमा रहेको अनुमान गरिएको थियो ।

गाजा युद्धका दुई वर्षः युद्धविराम अझै अनिश्चित

एजेन्सी। हमास र इजरायल सम्भावित युद्धविरामको लागि इजिप्टमा भेटिरहेका बेला गाजाले मंगलवार द्वन्द्वको भयानक दोस्रो वार्षिकोत्सव पूरा गरेको छ । गहिरो हुँदै गएको मानवीय संकटले पहिले नै द्वन्द्व र गुनासोले ग्रस्त क्षेत्रमा अर्को खुला घाउ थपेको छ । अक्टोबर ६ मा इजिप्टमा युद्धविराम वार्ताको नयाँ चरण शुरु भएको छ ।

इरानद्वारा युरोपेली शक्तिहरूसँग वार्ता अस्वीकार

एजेन्सी। संयुक्त राष्ट्र संघको प्रतिवन्ध पुनः लागू गर्न स्न्यापब्याक संयन्त्र शुरु गर्ने कदम चालेपछि इरानले  फ्रान्स, बेलायत र जर्मनीसँग वार्ता नगर्ने अडान लिएको छ । विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले तेहरानमा आयोजित साप्ताहिक प्रेस ब्रिफिङमा तीन युरोपेली शक्तिहरू र संयुक्त राज्य अमेरिकाले हालै गरेको इरान विरोधी कारबाहीको प्रभाव र परिणामहरू

पुलबाट नदीमा गाडी नदीमा खस्दा ११ जनाको मृत्यु

भारत। भारतको मध्य राज्य मध्य प्रदेशमा पुलबाट नदीमा खसेपछि कम्तीमा ११ जनाको डुबेर मृत्यु भएको छ । केही बेपत्ता भएका छन् । धार्मिक उत्सवको अवसरमा पीडितहरू मूर्ति विसर्जन गर्न जाँदै गर्दा राज्यको खाण्डवा क्षेत्रमा दुर्घटना भएको हो । दुर्घटना हुँदा गाडीमा १४ जना सवार थिए ।

“विपिन जोशीसहित ४८ बन्दी छोड्न हमास तयार”

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति प्रस्तावमा सशर्त सहमति जनाउँदै हमासले सबै बन्दीहरू तत्काल रिहा गर्ने निर्णय गरेको छ । यससँगै गाजाको शासनसत्ता पनि प्यालेस्टाइन अथोरिटीलाई हस्तान्तरण गर्ने तयारी भएको छ । टर्की र कतारको दबाबपछि आएको यो सहमतिको कारण युद्धविरामको वातावरण बनेको बताइन्छ । हमासले पूर्ण निःशस्त्रीकरणजस्ता ट्रम्पका

फेसबुकमा राष्ट्रपति विरुद्ध अपमानजनक टिप्पणी गरेको आरोपमा मृत्युदण्डको सजाय

काठमाडौँ । ट्युनिसियामा ५६ वर्षीय मजदुर साबेर चोउचानेलाई फेसबुकमार्फत राष्ट्रपति विरुद्ध अपमानजनक टिप्पणी गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको छ। मानव अधिकार समूह र उनका वकिलले यो फैसला चकित पार्ने र अभूतपूर्व भएको बताएका छन्। उनी साधारण नागरिक भएको र फेसबुकमा आलोचनात्मक पोस्ट मात्र गरेको वकिलको भनाइ छ। फैसला विरुद्ध पुनरावेदन

भारतको कोलकातामा अविरल वर्षाका कारण १० जनाको मृत्यु

काठमाडौँ। मंगलवार राति आएको अविरल वर्षाले पश्चिम बंगालको राजधानी कोलकातामा अत्याधिक वर्षा हुँदा पानी जम्दा करेन्ट लागेर कम्तीमा १० जनाको मृत्यु भएको छ । सोमवार रातिदेखि मंगलवार बिहानसम्म जारी अविरल वर्षाले शहरको ठूलो भाग डुबानमा पारेको थियो । यसले गर्दा जीवन लगभग ठप्प भएको थियो । जसले गर्दा सवारी साधनको

अमेरिकाको आपत्तिका बाबजुद बेलायतद्वारा प्यालेस्टाइन राज्यलाई मान्यता

बेलायत। बेलायती प्रधानमन्त्री केयर स्टारमरले आईतवार बेलायतले प्यालेस्टाइन राज्यलाई औपचारिक रूपमा मान्यता दिएको घोषणा गरेका छन् । प्यालेस्टिनी जनताको आत्मनिर्णयको अधिकार र दुई–राज्य समाधानको लागि बेलायतको समर्थनलाई पुष्टि गर्दै प्यालेस्टाइन राज्यलाई औपचारिक रूपमा मान्यता दिएको घोषणा गरेका छन् । उनले गाजामा मानव निर्मित मानवीय संकटको भिडियो घोषणामा निन्दा गरेका छन्

म्यानमारको श्वेडागन हेर्न ८ महिनामा ४६ लाख बढी पर्यटक पुगे

म्यानमार। म्यानमारको प्रसिद्ध श्वेडागन प्यागोडाले ८ महिनामा ४६ लाख ५० हजारभन्दा बढी आगन्तुकहरूलाई आकर्षित गरेको छ । म्यानमारमा गोल्डेन प्यागोडा भनेर चिनिने श्वेडागन प्यागोडाले यस वर्षको पहिलो आठ महिनामा ४६ लाख ५० हजारभन्दा बढी आगन्तुकहरूलाई आकर्षित गरेको श्वेडागन प्यागोडा बोर्ड अफ ट्रस्टीजका सदस्य यू बोए थिनले शनिवार बताउनु भयो ।

भारतको खुद्रा मुद्रास्फीति अगस्टमा २.०७ प्रतिशतले बढ्यो

भारत। भारतको खुद्रा मुद्रास्फीति अगस्टमा २.०७ प्रतिशतले बढेको छ । संघीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले जारी गरेको तथ्याङ्कअनुसार अगस्टमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति २.०७ प्रतिशत छ । जुन जुलाईमा १.६१ प्रतिशत थियो । मन्त्रालयकाअनुसार मुद्रास्फीति भारतीय रिजर्भ बैंकको लक्ष्य मुद्रास्फीति दर भित्र धेरै छ । खाद्य मुद्रास्फीति लगातार

सम्वन्धित समाचारहरु