Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

भक्तपुरको दुवाकोटमा पनि काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल


भक्तपुरको दुवाकोटमा पनि काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल

भक्तपुर। भक्तपुरको दुवाकोटमा पनि काठमाडौ मेडिकल कलेज (केएमसी) अस्पतालको उपचार सेवा शुरु भएको छ ।

आईतवार एक समारोहका बीच अस्पतालका सञ्चालक डा. सुनिल शर्माले सो अस्पतालको उपचार सेवाको शुभारम्भ गरेका छन् । हृदयघात, मस्तिष्क घातजस्ता जटिल रोगका विरामीहरुलाई बचाउने मूल ध्येयका साथ सो अस्पतालको शाखा विस्तार गर्नु परेको प्रतिनिधि सभाका निःवर्तमान सांसद समेत रहनुभएका डा. शर्माले बताएका छन् । उनले सो अस्पतालको सेवा २० वर्षपछि पनि सम्भव नहुने खालको भएको जिकिर समेत गरेका छन् ।

डा. शर्माले भने,‘यो सामन्य खालको हस्पिटल होइन । यो सुपर स्पेसियालिटी हस्पिटल हो । यहाँ वरिपरीका साना हस्पिटलहरु सम्भव नहुने उपचारहरु जो हिजो काठमाडौं पर रिङरोड भित्र रहेका केही लिमिटेड अस्पतालहरुमा मात्रै उपचार सम्भव थिए । ती उपचारहरुलाई आज हामीले दुवाकोटमा सम्भव गराउने गरी यो हस्पिटल खोलिएको हो । यसलाई एकदमै बुझनेगरी नेपाली भाषामा भन्नुपर्दा यहाँ एक जना मान्छेलाई हर्ट अटयाक भयोभने एम्बुलेन्स बोलाउनु प¥यो, त्यसले १५ मिनेट टाईम जान्छ । लिएर जान जाम टाईममा पु¥यो भने तीनकुने कट्न केएमसी पुग्न आधिघण्टा लाग्छ । गंगालाल, टिचिङ पुग्नु प¥यो भने डेढ घण्टा लाग्छ । त्यो समयको बर्बादी नहोस् समयमै मुटु खोल्नु कुरा तपाईलाई यहाँ केही समस्या भईहाल्यो भने १० मिनेट, १५ मिनेट, ९ मिनेट, २० मिनेट भित्रमा सम्भव गराउन भनेर हामीले यो खोलेको हो । प्राविधिक रुपमा काठमाडौं उपत्यकाबाहेक नेपालको धेरै ठाउँमा सम्भव नहुने ब्रेन स्ट्रोक भयो । टाउको गिदीमा हुने नसाहरु ब्लक भए, फुटे । त्यस्ता नशाहरुलाई टाउको नचिरीकन तार र बेलुन हात वा खुट्टाको नशाबाट लिएर गएर त्यसरी यहाँ उपचार गरिन्छ । यो २० वर्ष भित्र पनि यो उपचार नेपालमा सम्भव थिएन । हामीले सम्भव बनायौँ ।’

अस्पतालमा मुटु, किड्नी, मस्तिष्क सम्बन्धि जटिल रोगको उपचारका लागि अत्याधुनिक मेसिनहरुको समेत व्यवस्था गरिएको बताइएको छ । डा. शर्माले अति विपन्न वर्गका लागि निःशुल्क औषधि उपचारको व्यवस्था पनि गरिएको बताएका छन् ।


प्रकाशित मिति: ८ चैत्र २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?