Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

इरानद्वारा युरोपेली शक्तिहरूसँग वार्ता अस्वीकार


एजेन्सी। संयुक्त राष्ट्र संघको प्रतिवन्ध पुनः लागू गर्न स्न्यापब्याक संयन्त्र शुरु गर्ने कदम चालेपछि इरानले  फ्रान्स, बेलायत र जर्मनीसँग वार्ता नगर्ने अडान लिएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले तेहरानमा आयोजित साप्ताहिक प्रेस ब्रिफिङमा तीन युरोपेली शक्तिहरू र संयुक्त राज्य अमेरिकाले हालै गरेको इरान विरोधी कारबाहीको प्रभाव र परिणामहरू विचार गरिरहेको बताएका छन्  । इरानले सरकार फलदायी हुनसक्ने महशुस गरेपछि मात्रै कुटनीतिको निर्णय लिने बताए  ।

कुनैपनि वार्ताले देशको राष्ट्रिय हितको सेवा गर्नुपर्छ भन्ने कुरामा जोड दिंदै उनले इरानले कहिल्यै वार्ताको लागि भिख नमाग्ने स्पष्ट पारेका छन् । बगाईले वार्ता दुई–तर्फी प्रक्रिया भएकाले राष्ट्रिय हित, सुरक्षा र मर्यादाको रक्षा गर्नुपर्ने बताए  ।

सेप्टेम्बरमा संयुक्त राष्ट्र सुरक्षा परिषद्ले प्रतिवन्ध राहत विस्तार गर्न असफल भएपछि युरोपेली त्रिकोणले वाशिंगटनसँगको समन्वयमा अगस्टमा स्न्यापब्याक संयन्त्रको आह्वान गरेको थियो । इरानले गत वर्ष सेप्टेम्बरदेखि तीन देशहरूसँग धेरै चरणका वार्ताहरू गरिसकेको छ । जुन मुख्यतया यसको आणविक कार्यक्रम र प्रतिवन्ध राहतमा केन्द्रित थियो ।


प्रकाशित मिति: २१ आश्विन २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?