Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

भारतको कोलकातामा अविरल वर्षाका कारण १० जनाको मृत्यु


काठमाडौँ। मंगलवार राति आएको अविरल वर्षाले पश्चिम बंगालको राजधानी कोलकातामा अत्याधिक वर्षा हुँदा पानी जम्दा करेन्ट लागेर कम्तीमा १० जनाको मृत्यु भएको छ ।

सोमवार रातिदेखि मंगलवार बिहानसम्म जारी अविरल वर्षाले शहरको ठूलो भाग डुबानमा पारेको थियो । यसले गर्दा जीवन लगभग ठप्प भएको थियो । जसले गर्दा सवारी साधनको आवागमन र दैनिक गतिविधिहरू प्रभावित भएका छन् । बेनियापुकुर, कालिकापुर, नेताजी नगर, गरियाहाट, एकबलपुर, बेहला र हरिदेवपुर क्षेत्रहरूमा छुट्टाछुट्टै घटनाहरूमा मृत्यु भएको छ । भारतीय मौसम विज्ञान विभागका अनुसार २४ घण्टाभन्दा कम समयमा २५१.४ मिमी बाढी १९८६ पछिको सबैभन्दा उच्च र पछिल्लो १३७ वर्षमा छैटौं उच्चतम एकै दिनमा परेको वर्षा थियो । आईएमडीले बंगालको खाडीमाथि रहेको न्यून चापीय क्षेत्रको परिणामस्वरूप मुसलधारे वर्षा भएको बताएको छ । वर्षाले कोलकाता विमानस्थलमा पनि उडान सञ्चालनमा असर पारेको छ ।

रिपोर्टहरूले १०० भन्दा बढी उडानहरू प्रभावित भएको, ६२ रद्ध गरिएको र ४२ अन्य ढिलाइ भएको बताएको छ ।


प्रकाशित मिति: ९ आश्विन २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?