Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

भारतको कोलकातामा अविरल वर्षाका कारण १० जनाको मृत्यु


काठमाडौँ। मंगलवार राति आएको अविरल वर्षाले पश्चिम बंगालको राजधानी कोलकातामा अत्याधिक वर्षा हुँदा पानी जम्दा करेन्ट लागेर कम्तीमा १० जनाको मृत्यु भएको छ ।

सोमवार रातिदेखि मंगलवार बिहानसम्म जारी अविरल वर्षाले शहरको ठूलो भाग डुबानमा पारेको थियो । यसले गर्दा जीवन लगभग ठप्प भएको थियो । जसले गर्दा सवारी साधनको आवागमन र दैनिक गतिविधिहरू प्रभावित भएका छन् । बेनियापुकुर, कालिकापुर, नेताजी नगर, गरियाहाट, एकबलपुर, बेहला र हरिदेवपुर क्षेत्रहरूमा छुट्टाछुट्टै घटनाहरूमा मृत्यु भएको छ । भारतीय मौसम विज्ञान विभागका अनुसार २४ घण्टाभन्दा कम समयमा २५१.४ मिमी बाढी १९८६ पछिको सबैभन्दा उच्च र पछिल्लो १३७ वर्षमा छैटौं उच्चतम एकै दिनमा परेको वर्षा थियो । आईएमडीले बंगालको खाडीमाथि रहेको न्यून चापीय क्षेत्रको परिणामस्वरूप मुसलधारे वर्षा भएको बताएको छ । वर्षाले कोलकाता विमानस्थलमा पनि उडान सञ्चालनमा असर पारेको छ ।

रिपोर्टहरूले १०० भन्दा बढी उडानहरू प्रभावित भएको, ६२ रद्ध गरिएको र ४२ अन्य ढिलाइ भएको बताएको छ ।


प्रकाशित मिति: ९ आश्विन २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?