२२ असार, काठमाडाैँ । फेसबुक म्यासेन्जरमा समस्या देखिएको छ । अहिले म्यासेन्जरमा फोटो कसैलाई पठाउन नमिल्ने समस्या देखिएको हो । अनलाइन साइटहरू क्र्यास भएको रिपोर्ट गर्ने डाउन डिटेक्टरले अहिले म्यासेन्जरको यो समस्याबारे थुप्रै रिपोर्टहरू देखिएको जनाएको छ । तर, फेसबुकले यस समस्याबारे केही भनेको छैन ।
२२ असार, एजेन्सी । पाकिस्तानको मार्तुङ खास शाङ्गला जिल्लामा बालुवाको ढिस्कोमा पुरिएर आठ जना बालबालिकाको मृत्यु भएको छ । क्रिकेट खेलिरहेका बालबालिकामाथि बालुवाको ढिस्को खस्दा उक्त हताहति भएको उद्धारकर्मीलाई उद्धृत गर्दै एआरवाई न्युजले जनाएको छ । एक जना बालकलाई जीवित उद्धार गरिएको तथा अन्य एक जनाको खोजी भइरहेको छ । दुर्घटनाका
२२ असार, एजेन्सी । विश्वका विभिन्न मुलुकमा नवीकरणीय ऊर्जा उद्योगमा प्रयोग हुने खनिजमा लगानी गरेका चिनियाँ कम्पनीहरूमाथि मानवअधिकार एवम् वातावरणीय दुरुपयोगको आरोप लागेको छ । विश्वका १८ देशका खनिज उद्योगमा लगानी गरेका चिनियाँ कम्पनीमाथि करिब दुई वर्षको अवधिमा एक सयभन्दा बढी मानवाधिकार र वातावरणीय दुरुपयोगको आरोप लागेको हो । अन्तरराष्ट्रिय गैरसरकारी
२२ असार, एजेन्सी । भारत अधिनस्थ उत्तरी कश्मीरको बान्दीपोरा जिल्लाको दुर्गम भेगमा अवस्थित शाहगुन्डका गाउँका केही महिलाले सामाजिक बन्धन र प्रतिबन्धलाई चुनौती दिँदै रजस्वला भएका बेला लगाइने ‘सेनेटरी न्यापकिन’ उत्पादन एवम् प्रवर्द्धनमा जुटेका छन् । ११ जना समर्पित सदस्य सम्मिलित समूहले ‘सेनेटरी न्यापकिन्’ उत्पादनका साथै कश्मिरका हरेक गाउँ, सुदूर बस्तीहरूमा महिला
२२ असार, एजेन्सी । बितेका पाँच दिनमा पजुलाई १ मा यात्रा सुरु भएदेखि कूल ६७ हजार पाँच सय ६६ भक्तले अमरनाथको पूजार्चना गरेका छन् । राज्य सरकारले बुधबार जारी गरेको विज्ञप्तिअनुसार बुधबार साँझसम्ममा ती तीर्थयात्रीले अमरनाथ गुफाको दर्शन तथा पूजार्चना गरेका हुन् । राज्यका सबै सुरक्षा निकायले यात्रीको सुरक्षालाई उच्च प्राथमिकतामा
२२ असार, एजेन्सी । बेलायतको एक विद्यालयमा कारको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको र अन्य बालबालिकासहित आठजना घाइते भएका छन् । दक्षिणपश्चिम लण्डनको प्राथमिक विद्यालयको भवनमा बिहीबार कार ठोक्किँदा उक्त विद्यालयमा अध्ययनरत एक विद्यार्थीको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । घटनामा उनीसहित सात बालबालिका र दुई वयस्क गरी घाइते भएका
२२ असार, एजेन्सी । भारतको सङ्घीय सरकारले गाईगोरुलाई सडक पार गर्न नदिन र घातक दुर्घटना हुन नदिन देशका राजमार्गहरूमा कडा तारबार लगाउने योजना बनाएको अधिकारीहरूले बिहीबार बताएका छन् । भारतका सङ्घीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले उक्त घोषणा गरेका हुन् । मन्त्रीका अनुसार १.२० मिटर अग्लो तारबार लगाइनेछ र
२१ असार ,बर्लिन । जर्मन प्रहरीले इस्लामिक स्टेट (आईएस) समूहबाट प्रेरित भई जर्मनीमा आतङ्कवादी हमलाको योजना बनाएको आरोपमा बिहीबार सात जनालाई पक्राउ गरेको छ । पक्राउ परेका मध्य एसियाका ती पुरुष केही समयदेखि एकआपसमा परिचित रहेका तथा उनीहरूले पारस्परिक सम्पर्कलाई बढाउँदै कट्टरपन्थी इस्लामिक विचारधारा साझा गरेका सङ्घीय अभियोजकको कार्यालय बताएको
२१ असार, एजेन्सी । पश्चिमी युक्रेनी शहर ल्भिभमा रहेको एउटा अपार्टमेन्टमा रुसी रकेट प्रहार हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको नगरका प्रमखले बताएका छन् । नगरप्रमुख एन्ड्री सडोवीका अनुसार रुसी आक्रमणमा परी आठ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । भवनको भग्नावशेषमा धेरै मानिस फसेको आशङ्का
२१ असार, एजेन्सी । बुधवार साँझ बोक्सबर्गको बाहिरी भागमा अवस्थित एन्जेलो बस्तीमा अवैधरुपमा सञ्चालन गरिएको खानीमा ग्यास चुहिँदा बालबालिका र महिलासहित २४ जनाको मृत्यु भएको भएको छ । एकुरहुलेनीमा प्रकोप तथा आपत्कालीन व्यवस्थापन सेवाका प्रवक्ता विलियम तलाडीका अनुसार सिलिन्डरबाट चुहिएको ग्यासका कारण उनीहरूको मृत्यु भएको हो । दुई र पाँच वर्षका