Trending
>>   पुरुष १८ वर्षसम्म मात्र बाँच्छ, त्यसपछि ऊ केवल जीवित रहन्छ ! >>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ
Logo
९ कार्तिक २०८३, आईतवार
९ कार्तिक २०८३, आईतवार

खानीमा ग्यास चुहिँदा २४ जनाको मृत्यु


२१ असार, एजेन्सी । बुधवार साँझ बोक्सबर्गको बाहिरी भागमा अवस्थित एन्जेलो बस्तीमा अवैधरुपमा सञ्चालन गरिएको खानीमा ग्यास चुहिँदा बालबालिका र महिलासहित २४ जनाको मृत्यु भएको भएको छ ।

एकुरहुलेनीमा प्रकोप तथा आपत्कालीन व्यवस्थापन सेवाका प्रवक्ता विलियम तलाडीका अनुसार सिलिन्डरबाट चुहिएको ग्यासका कारण उनीहरूको मृत्यु भएको हो । दुई र पाँच वर्षका बालबालिकाले पनि ज्यान गुमाएका उनले बताए । श्वासप्रश्वास प्रणालीमा नाइट्रेट ग्यासको प्रवेशसँगै उनीहरूको ज्यान गएको उनले स्थानीय सञ्चार माध्यमलाई बताएका छन् । घटनास्थलमा खोज तथा उद्धार जारी छ ।

प्रारम्भमा खानीमा विष्फोट भएको जानकारी प्राप्त भएपछि सुरक्षा तथा उद्धारकर्मी घटनास्थलमा पुगेका तर त्यहाँ विष्फोट नभइ ग्यास चुहिएको वास्तविकता खुलेको प्रवक्ता तलाडीले बताएका छन् ।


प्रकाशित मिति: २१ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?