Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

आतङ्कवादी आक्रमाणको योजना बनाएको आरोपमा सात जना पक्राउ


२१ असार ,बर्लिन । जर्मन प्रहरीले इस्लामिक स्टेट (आईएस) समूहबाट प्रेरित भई जर्मनीमा आतङ्कवादी हमलाको योजना बनाएको आरोपमा बिहीबार सात जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका मध्य एसियाका ती पुरुष केही समयदेखि एकआपसमा परिचित रहेका तथा उनीहरूले पारस्परिक सम्पर्कलाई बढाउँदै कट्टरपन्थी इस्लामिक विचारधारा साझा गरेका सङ्घीय अभियोजकको कार्यालय बताएको छ ।

सन् २०२२ को प्रारम्भमा युक्रेनमा युद्ध सुरु भएको केही समयपछि उनीहरू जर्मनी आएका हुन् । सातै जना अभियुक्त लगभग एकै समयमा जर्मनी आएका बताइएको छ ।

नेदरल्याण्ड्समा पक्राउ परेको अर्को संदिग्धसँग सातै जनाले सम्पर्क स्थापना गरेर आतङ्ककारी आक्रमण गर्ने उद्देश्यका साथ एउटा सानो समूह गठन गरेका थिए ।

उनीहरूले जर्मनीको कुन स्थानमा आक्रमण गर्ने भन्ने निर्णय नगरे पनि घातक हतियार प्राप्तिको भरमग्दुर प्रयास गरेका अभियोजनकर्ताहरूले बताएका छन् ।


प्रकाशित मिति: २१ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?