Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

आतङ्कवादी आक्रमाणको योजना बनाएको आरोपमा सात जना पक्राउ


२१ असार ,बर्लिन । जर्मन प्रहरीले इस्लामिक स्टेट (आईएस) समूहबाट प्रेरित भई जर्मनीमा आतङ्कवादी हमलाको योजना बनाएको आरोपमा बिहीबार सात जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका मध्य एसियाका ती पुरुष केही समयदेखि एकआपसमा परिचित रहेका तथा उनीहरूले पारस्परिक सम्पर्कलाई बढाउँदै कट्टरपन्थी इस्लामिक विचारधारा साझा गरेका सङ्घीय अभियोजकको कार्यालय बताएको छ ।

सन् २०२२ को प्रारम्भमा युक्रेनमा युद्ध सुरु भएको केही समयपछि उनीहरू जर्मनी आएका हुन् । सातै जना अभियुक्त लगभग एकै समयमा जर्मनी आएका बताइएको छ ।

नेदरल्याण्ड्समा पक्राउ परेको अर्को संदिग्धसँग सातै जनाले सम्पर्क स्थापना गरेर आतङ्ककारी आक्रमण गर्ने उद्देश्यका साथ एउटा सानो समूह गठन गरेका थिए ।

उनीहरूले जर्मनीको कुन स्थानमा आक्रमण गर्ने भन्ने निर्णय नगरे पनि घातक हतियार प्राप्तिको भरमग्दुर प्रयास गरेका अभियोजनकर्ताहरूले बताएका छन् ।


प्रकाशित मिति: २१ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?