Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

विद्यालयमा कारको ठक्करबाट एक विद्यार्थीको मृत्यु, ८ जना घाइते


२२ असार, एजेन्सी । बेलायतको एक विद्यालयमा कारको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको र अन्य बालबालिकासहित आठजना घाइते भएका छन् ।

दक्षिणपश्चिम लण्डनको प्राथमिक विद्यालयको भवनमा बिहीबार कार ठोक्किँदा उक्त विद्यालयमा अध्ययनरत एक विद्यार्थीको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । घटनामा उनीसहित सात बालबालिका र दुई वयस्क गरी घाइते भएका थिए ।

विम्बल्डनको एक निजी ‘स्टडी प्रिप गल्र्स स्कूल’मा भएको घटनालाई प्रहरीले आतङ्कसँग सम्बन्धित नठानेको बताएको छ ।

स्थानीय सांसद स्टिफन ह्यामन्डले बिबिसीसँग कुरा गर्दै दुर्घटनालाई ‘असाधारण दुःखद घटना’ भन्दै हताहत भएकामध्ये धेरैलाई ‘गम्भीर चोट लागेको मानिएको’ आफूले बुझेको बताएका छन् ।

विम्बलडन टेनिस प्रतियोगिता भइरहेको स्थानभन्दा केही पर रहेको उक्त दृश्यको एरियल फुटेजमा एउटा ल्यान्ड रोभर कार आधुनिक विद्यालय भवनको भित्तामा एक कोणमा रोकेको देखिन्छ ।

गाडी रङ्गीन प्ले म्याट र टेबल जस्तो देखिने घाँसे मैदानमा थियो ।

विम्बलडन कमन नजिकैको क्याम्प रोडमा स्थानीय समयअनुसार बिहान १० : ०० बजे प्रहरी, एम्बुलेन्स र दमकल सेवालाई घटनास्थलमा बोलाइएको थियो ।

घटनास्थलमा रहेका प्रत्यक्षदर्शी र पत्रकारहरूले विद्यालय बाहिरको सडक साँघुरो भएको र सामान्यतया कुनै पनि गति बढाउन गाह्रो हुने बताएका छन् ।


प्रकाशित मिति: २२ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?