Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

विद्यालयमा कारको ठक्करबाट एक विद्यार्थीको मृत्यु, ८ जना घाइते


२२ असार, एजेन्सी । बेलायतको एक विद्यालयमा कारको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको र अन्य बालबालिकासहित आठजना घाइते भएका छन् ।

दक्षिणपश्चिम लण्डनको प्राथमिक विद्यालयको भवनमा बिहीबार कार ठोक्किँदा उक्त विद्यालयमा अध्ययनरत एक विद्यार्थीको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । घटनामा उनीसहित सात बालबालिका र दुई वयस्क गरी घाइते भएका थिए ।

विम्बल्डनको एक निजी ‘स्टडी प्रिप गल्र्स स्कूल’मा भएको घटनालाई प्रहरीले आतङ्कसँग सम्बन्धित नठानेको बताएको छ ।

स्थानीय सांसद स्टिफन ह्यामन्डले बिबिसीसँग कुरा गर्दै दुर्घटनालाई ‘असाधारण दुःखद घटना’ भन्दै हताहत भएकामध्ये धेरैलाई ‘गम्भीर चोट लागेको मानिएको’ आफूले बुझेको बताएका छन् ।

विम्बलडन टेनिस प्रतियोगिता भइरहेको स्थानभन्दा केही पर रहेको उक्त दृश्यको एरियल फुटेजमा एउटा ल्यान्ड रोभर कार आधुनिक विद्यालय भवनको भित्तामा एक कोणमा रोकेको देखिन्छ ।

गाडी रङ्गीन प्ले म्याट र टेबल जस्तो देखिने घाँसे मैदानमा थियो ।

विम्बलडन कमन नजिकैको क्याम्प रोडमा स्थानीय समयअनुसार बिहान १० : ०० बजे प्रहरी, एम्बुलेन्स र दमकल सेवालाई घटनास्थलमा बोलाइएको थियो ।

घटनास्थलमा रहेका प्रत्यक्षदर्शी र पत्रकारहरूले विद्यालय बाहिरको सडक साँघुरो भएको र सामान्यतया कुनै पनि गति बढाउन गाह्रो हुने बताएका छन् ।


प्रकाशित मिति: २२ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?