Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

युक्रेन युद्धः रुसी आक्रमणमा तीन युक्रेनी मारिए


२१ असार, एजेन्सी । पश्चिमी युक्रेनी शहर ल्भिभमा रहेको एउटा अपार्टमेन्टमा रुसी रकेट प्रहार हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको नगरका प्रमखले बताएका छन् ।

नगरप्रमुख एन्ड्री सडोवीका अनुसार रुसी आक्रमणमा परी आठ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । भवनको भग्नावशेषमा  धेरै मानिस फसेको आशङ्का गरिएको छ ।

रुसी आक्रमणबाट एउटा चारतले भवनमा धेरै क्षति भएको छ भने अन्य ५० वटा आवासीय भवनमा क्षति भएको छ । करिब ५० वटा गाडीमा पनि क्षति भएको छ । केही समय अघि दुई जनालाई भग्नावशेषबाट निकालिएको छ । उद्धार टोलीले भग्नावशेषमा खोजी जारी राखेको छ ।

क्षेत्रीय प्रमुख म्याक्सिम कोजित्स्कीले पानी आपूर्तिलगायत शहरमा महत्वपूर्ण पूर्वाधार सुविधामा पनि प्रहार भएको छ । यद्यपि उनले कुन–कुन पूर्वाधारमा क्षति भयो भन्नेबारेमा विस्तृत विवरण दिएका छैनन् ।

उक्त आक्रमणबारे रुसीे सेनाले कुनै प्रतिक्रिया दिएको छैन ।


प्रकाशित मिति: २१ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?