Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

दुर्घटना रोक्न राजमार्गमा तारबार गर्ने भारतीय योजना


२२ असार, एजेन्सी । भारतको सङ्घीय सरकारले गाईगोरुलाई सडक पार गर्न नदिन र घातक दुर्घटना हुन नदिन देशका राजमार्गहरूमा कडा तारबार लगाउने योजना बनाएको अधिकारीहरूले बिहीबार बताएका छन् ।

भारतका सङ्घीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले उक्त घोषणा गरेका हुन् ।

मन्त्रीका अनुसार १.२० मिटर अग्लो तारबार लगाइनेछ र यसलाई राष्ट्रिय राजमार्ग (एनएच)–३० को खण्ड २३ मा व्यापक समाधानको रूपमा स्थापित गरिनेछ ।

“बाँसको प्रयोग गरेर निर्माण गरिएको गाईवस्तुको तारबारले पूर्ण रूपमा प्रभावकारी र वातावरणमैत्री समाधान प्रदान गर्दछ,” गडकरीले भने ।

भारतमा अत्यधिक भार, सडकको खराब अवस्था र लापरबाहीका कारण सडक दुर्घटना हुने गरेको छ ।

भारतमा हरेक वर्ष करिब एक लाख ५० हजार मानिसको सडक दुर्घटनामा मृत्यु हुने गरेको अधिकारीहरूले बताएका छन् ।

भारत सरकारले सन् २०२४ सम्ममा सडक दुर्घटनाबाट हुने मृत्युदर ५० प्रतिशतले घटाउने लक्ष्य राखेको छ ।


प्रकाशित मिति: २२ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?