Trending
>>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर >>   प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट >>   इजरायली सैनिकहरूद्वारा प्यालेस्टिनी पुरुषको हत्या >>   भारतको गोवा नाइटक्लवमा आगलागीमा मृत्यु हुनेको संख्या २५ पुग्यो >>   रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी >>   ‘करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै’ >>   मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

खाद्य विभागद्वारा कालीमाटीमा तरकारी तथा फलफूलको विषादी परीक्षण


काठमाडाैं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मोवाइल फुड ल्याव भ्यान संचालन गरी स्यापिड रेसपोन्स टिम (Rapid Response Team- RRT) मार्फत अनुगमन निरिक्षण गर्ने सिलसिलामा कालीमाटी स्थित तरकारी तथा फलफुल बजारमा भित्रिने ताजा तरकारी तथा फलफूलमा जीवनाशक विषादी अवशेषको परिक्षण गरेको छ।

उपभोक्ताको स्वास्थ्य रक्षाको लागि विभागको स्यापिड रेसपोन्स टिमले २०८१ माघ ८ गते राती ११:०० वजे देखि ९ गते विहान ४:०० वजे सम्म कालीमाटी तरकारी फलफूल बजारमा भित्रिने तरकारी तथा फलफूलको स्थलगत रुपमै मोवाइल फुड ल्याव भ्यानवाट जीवनाशक विषादीको परिक्षण गरेको छ। कालीमाटी बजारमा भित्रिने तरकारीहरु ढुवानी गरिने साधन मिनी ट्रक, ट्रकहरुबाट नै तरकारी तथा फलफुलको नमूना संकलन गरी RBPR विधिवाट जीवनाशक बिषादी अवशेषको परिक्षण गरेको छ।

रातीको समयमा समेत गरिएको अनुमगनको क्रममा आलु, प्याज, गोलभेडा, फूलगोवी, बन्दाकोभी, खुर्सानी, धनिया, फर्सी, काँक्रा, रायो साग, ब्रोकाउली, तरुल, च्याउ, लसुन, हरियो प्याज, बोदी, चम्सूर, भन्टा, गाँजर, हरियो सिमी तथा सुन्तला लगायत २२ प्रकारका तरकारी फलफूलहरुका १५० वटा नमूनाहरुको परिक्षण गरेको छ।

प्रवक्ता मोहन कृष्ण महर्जनका अनुसार उक्त परिक्षणमा न्यूनतम १ प्रतिशत देखि अधिकत्तम ४२ प्रतिशतसम्म इन्जाईम इन्हिबिशन पाइएको छ। RBPR मापदण्ड बमोजिम इन्जाईम इन्हिबिशन ३५ प्रतिशत भन्दा कम भएकालाई खान योग्य मानिन्छ भने ३५ देखि ४५ प्रतिशत इन्जाईम इन्हिभिशन भएकोलाई क्वारेन्टाइन होल्ड गरि पुनः परिक्षण गर्ने र ४५ प्रतिशत भन्दा वढी आएमा अस्विकृत गरि नष्ट गरिने प्रावधान रहेको छ।

परिक्षण गरिएका मध्ये चितवनबाट ल्याइएको हरियो सिमीको एउटा नमूनामा ४२ प्रतिशतसम्म इन्जाईम इन्हिबिशन पाईएकोले तरकारी व्यवसायी श्री राम कुमार थपलीयाको ११४ के. जी. उक्त सिमी ३ दिनसम्म क्वारेन्टाइन होल्ड गर्न लगाएको छ भने बाँकी सबै तरकारी फलफूलहरु खान मिल्ने (Acceptable Range) रहेको छ। अनुगमनका दौरान १०८ वटा गाडीका तरकारी तथा फलफुल परिक्षण गरिएको छ।

उक्त फलफूल तथा तरकारीहरु नेपालको भक्तपुर, काभ्रे, नुवाकोट, धादिङ, चितवन, परासी, मकवानपुर, सर्लाही, सिन्धुली, तनहुँ, पर्वत, काठमाडौं, स्याङ्जा, गोर्खा, ललितपुर, पर्सा, रामेछाप, सुनसरी, बारा, कास्की लगायत विभिन्न २० जिल्लाहरुबाट तथा एक वटा गाडी भारतवाट समेत आएको थियो।

मोवाइल फुड ल्याव भ्यानमा विभिन्न उपकरण जडित ल्याव रहेको र सो भ्यानको प्रयोग गरी बजार अनुगमनको कार्यमा प्रभावकारी देखिएको साथै आवश्यक कारवाही तथा खाद्य व्यवसायी र उपभोक्तालाई सचेतना र सजग गराउन मद्दत पुर्याएको छ ।


प्रकाशित मिति: ९ माघ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?