Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

६७ हजार भक्तजनले गरे अमरनाथमा पूजाअर्चना


२२ असार, एजेन्सी । बितेका पाँच दिनमा पजुलाई १ मा यात्रा सुरु भएदेखि कूल ६७ हजार पाँच सय ६६ भक्तले अमरनाथको पूजार्चना गरेका छन् ।

राज्य सरकारले बुधबार जारी गरेको विज्ञप्तिअनुसार बुधबार साँझसम्ममा ती तीर्थयात्रीले अमरनाथ गुफाको दर्शन तथा पूजार्चना गरेका हुन् । राज्यका सबै सुरक्षा निकायले यात्रीको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गरिहेको छन् । यात्राका विभिन्न स्थानमा सुरक्षा फौजले शिविर स्थापना गरेर आवश्यक सहयोग गरिरहेको छ ।

बुधबार बालटाल आधार शिविर र नुनवान आधार शिविरबाट १८ हजार तीन सय ५४ तीर्थयात्री अमरनाथ गुफाको दर्शन गर्न प्रस्थान गरेका जनाउँदै विज्ञप्तिमा यात्रालाई सहज तुल्याउन राज्यका सबै निकाय विभागले भक्तलाई सबै सुविधा उपलब्ध गराएर सहयोग गरिरहेका उल्लेख गरिएको छ ।

६२ दिन लामो अमरनाथ यात्रा आगमी भदौ १४ गते समाप्त हुनेछ ।


प्रकाशित मिति: २२ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?