Trending
>>   कमजोर बन्दै रवि लामिछानेको मुद्दा: बलियो प्रमाण भएकाे भनिएको रुपन्देहीमा अदालतले थुन्नै मानेन ! >>   कानुन व्यवसायी र परिवारको जिम्मामा रवि , बिहीबार थुनछेक बहस हुने >>   क्यानडामा नेपाली चेलीमाथि दाजु र उनका दुई साथीद्वारा बेहोसीको औषधि मिसाएर ६ घण्टा बलात्कार ! >>   एक्कासी के भयाे प्रधानमन्त्री ओलीलाई? >>   प्रधानमन्त्री ओली अस्वस्थ,निर्धारित कार्यक्रम स्थगित ! >>   खाद्य विभागद्वारा तरकारी तथा फलफूलमा विषादी अवशेषको परीक्षण >>   गायक सुवेदीको नयाँ गीत ‘वाह रे जमुना’को म्युजिक भिडियो रिलिज >>   सशस्त्र प्रहरी जवानलाई १६ वर्षमा अवकाश पाउने प्रावधान ल्याउँदैछौँः गृहमन्त्री लेखक >>   अब गाईमुत्र सेवन गर्ने कि भैंसीमुत्र ? >>   रुपन्देहीमा रविको थुनछेक आदेश दिने इजलासमा चिठ्ठाबाट चुनिएका न्यायाधीश योगी को हुन् ?
Logo
९ माघ २०८१, बुधबार
९ माघ २०८१, बुधबार

विश्व


इराकद्वारा स्विडेनका राजदूत निष्कासित

५ ,श्रावण ,बग्दाद । स्वीडेनको राजधानी स्टकहोममा कुरान जलाइएको विरोधमा इराकले स्विडेनी राजदूतलाई निष्कासन गरेको छ । कुरान जलाइएको विरोधमा बिहीबार बग्दादमा विशाल प्रदर्शन भएको थियो । मध्य बगदादमा रहेको स्विडेनको दूतावासमा प्रदर्शनकारीहरूले आक्रमण गरी आगोसमेत लगाएका थिए । सामाजिक सञ्जाल सार्वजनिक भएका भिडियोमा स्विडेनको दूतावासभित्र प्रदर्शनकारीहरूको ठूलो भीड लागेको

अफगानिस्तानलाई छयत्तर लाख युरो सहयोग

५ ,श्रावण ,काबुल । खाद्य असुरक्षा र आर्थिक सङ्कटको चपेटामा परेको अफगानिस्तानलाई युरोपेली सङ्घले ७६ लाख युरो मानवीय सहायता घोषणा गरेको छ । देशका छ वटा प्रदेशमा किसानलाई सहयोग, खाद्यान्न उत्पादन वृद्धि, सिँचाइविहीन जमिनको वैकल्पिक व्यवस्थापन, आयआर्जनका अवसरको स्थापना, जलवायु अनुकूलन कृषि अभ्यासलगायत महिला सशक्तीकरणमा खर्च हुने गरी उक्त सहायता

मानहानि मुद्दामा राहुल गान्धीलाई राहत

५ श्रावण, एजेन्सी । सर्वोच्च अदालतले काङ्ग्रेस नेता राहुल गान्धीलाई मानहानि मुद्दामा दोषी ठहर गर्न अस्वीकार गरेको छ । यद्यपि उक्त अदालतले नेता गान्धीको पुनरावेदनमाथि अन्तिम निर्णय सुनाएको छैन । सर्वोच्च अदालतले शुक्रबार गुजरात उच्च न्यायालयको आदेशलाई चुनौती दिने काङ्ग्रेस नेता राहुल गान्धीको अपीलमा गुजरात सरकार र उजुरीकर्तालाई दश दिनभित्र जवाफ

कम्बोडियामा मदिरा बिक्री र सेवनमा प्रतिबन्ध

५ श्रावण, एजेन्सी । कम्बोडियाले पर्सी आइतबार हुने आमनिर्वाचनलाई दृष्टिगत गरी मदिरा बिक्री र सेवनमा प्रतिबन्ध लगाएको छ । सरकारले भोलि शनिबार र पर्सी आइतबार सबै प्रकारका मदिराको र सेवनमा प्रतिबन्ध लगाउने निर्देशन जारी गरेको छ । दक्षिणपूर्वी एसियाली देश कम्बोडियाका प्रधानमन्त्री सम्देच टेको हुनसेनले हस्ताक्षर गरी शुक्रबार जारी गरेको निर्देशनमा

यूएईले सन् २०३० सम्ममा कूल गार्हस्थ्य उत्पादन दोब्बर बनाउने

५ श्रावण, एजेन्सी । संयुक्त अरब इमिरेट्स (यूएई)ले सन् २०३० सम्ममा कूल गार्हस्थ्य उत्पादन (जीडीपी) दोब्बर बनाउने लक्ष्य राखेको छ । युएईले आफ्नो कूल गार्हस्थ्य उत्पादनलाई यस दशकको अन्त्यसम्ममा दोब्बर गरी ८०० अर्ब अमेरिकी डलर पु¥याउने लक्ष्य राखेको त्यहाँका अर्थमन्त्रीले बिहीबार बताएका हुन् । संयुक्त अरब इमिरेट्स (युएई) का अर्थमन्त्री अब्दुल्ला

चिनियाँ अर्थतन्त्र ओरालो लागेको सङ्केत

५ श्रावण, एजेन्सी । बिग्रदै गएको आर्थिक असन्तुलनसँगै चीनको अर्थतन्त्र निरन्तर ओरोलो लागेको छ । गत मे महिनाका निराशाजनक तथ्याङ्कले यही देखाउँछन् । न्युन खुद्रा व्यापार, निर्यातमा ह्रास र सुस्त औद्योगिक उत्पादनले अवरुद्ध भएको आर्थिक पुनरुत्थानलाई सङ्केत गर्दछ । मे महिनमा चीनको खुद्रा बिक्री तीन दशमलव एक प्रतिशतले बढ्यो जुन अघिल्लो

अमेरिका, जापान र दक्षिण कोरियाको शिखर सम्मेलन अमेरिकामा

४ ,श्रावण ,सोल । दक्षिण कोरिया, अमेरिका र जापानी नेताहरूको शिखर सम्मेलन आगामी महिना अमेरिकामा हुने भएको छ । उत्तर कोरियाको बढ्दो आणविक चुनौतीको सामना गर्न सैन्य सहयोग बढाउने क्रममा यही अगष्टमा त्रिदेशीय शिखर वार्ता हुने कोरियाली राष्ट्रपतिको कार्यालयले जनाएको छ । कोरिया,अमेरिका, जापान त्रिपक्षीय शिखर सम्मेलन यही अगस्टमा संयुक्त

अलास्का प्रायद्वीपमा ७.२ म्याग्नीच्यूडको भूकम्प

३१ ,असार ,वासिङ्टन । अमेरिकाको अलास्का प्रायद्वीपमा स्थानीय समयअनुसार शनिबार राति ७.२ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे (युएसजिएस) ले जनाएको छ । युएसजिएसले यस पहिले ७.२ म्याग्निच्युडको भूकम्प गएको बताएको भएपनि यसलाई संशोधित गरी ७.४ म्याग्निच्युड भएको परिमार्जित रिपोर्ट दिएको छ । स्थानीय समयअनुसार आइतबार राति १० बजेर ४८

ट्वीटरले आफ्नो विज्ञापनबाट भएको आयको आधा हिस्सा गुमाएको मस्कको भनाइ

३१ ,असार ,न्युयोर्क । एलन मस्कले गत अक्टोबरमा ४४ अर्ब डलरमा सामाजिक सञ्जाल प्लेटफर्म ट्वीटरको किनेपछि आफ्नो विज्ञापन आयको झण्डै आधा हिस्सा गुमाइसकेको बताएका छन् । मस्कले कम्पनीले सामना गरिरहेका कठिनाइहरूको बारेमा जानकारी गराउँदै आएका छन् । “विज्ञापनबाट उठ्ने राजस्वमा ५० प्रतिशतको गिरावट र भारी ऋणभारका कारण हामी अझै पनि

दक्षिण कोरियामा भारी वर्षा र बाढीका कारण २२ जनाको मृत्यु

३०,असार ,सियोल । दक्षिण कोरियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा २२ जनाको मृत्यु हुनुका साथै १४ जना बेपत्ता भएको अधिकारीहरूले शनिबार जानकारी दिएका छन् । दक्षिण कोरिया आफ्नो ग्रीष्मकालीन मनसुनको मौसमको चरमोत्कर्षमा छ र विगत तीन दिनदेखि भारी वर्षा भइरहेको छ । बर्षाका कारण व्यापक बाढी

सम्वन्धित समाचारहरु