Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

रुसद्वारा ‘कोन्डोर–एफकेए रडार’ उपग्रह प्रक्षेपण


भ्लादिभोस्टोक। रुसले शनिबार बिहान सुदूर पूर्वको भोस्टोचनी कोस्मोड्रोमबाट सोयुज–२.१ ए रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ । उक्त उन्नत रडार टेक्नोलोजी सबै मौसम परिस्थितिमा पृथ्वीको चौबीसै घण्टा अवलोकन गर्न सक्षम छ ।

रुसको अन्तरिक्ष एजेन्सी रोस्कोसमोसले दोस्रो राडार उपग्रह कोन्डोर–एफकेए उपग्रह कक्षामा पुगेको विज्ञप्ति मार्फत घोषणा गरेको छ । कोन्डोर–एफकेए एउटा सानो नागरिक रडार पृथ्वी पर्यवेक्षण उपग्रह हो, जुन नागरिक समकक्षको रूपमा डिजाइन गरिएको छ ।

रूसमा आधारित रकेट डिजाइन ब्यूरो (एनपीओ) ले यसको स्थापनादेखि कोन्डोर–एफकेएको निरन्तर प्रगति देखेको जनाएको छ । पहिलो दुई उपग्रह सन् २०१३ र सन् २०१४ मा प्रक्षेपण गरिएको थियो । कोन्डोर–एफकेए १ सन् २०२३ मा कक्षमा प्रवेश गरेको थियो । दुई थप उपग्रहहरू हाल निर्माणाधीन छन् । तेस्रो कोन्डोर–एफकेए प्रक्षेपण सन् २०२६ को लागि योजना गरिएको छ ।


प्रकाशित मिति: १५ मंसिर २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?