Trending
>>   सडक दुर्घटना बढेपछि प्रशासनको कडाइ : काठमाडौँ–हेटौँडा रुटमा समयसीमा तोकियो >>   आईतवारदेखि वर्षा र हिमपातको सम्भावना, धानबाली भित्र्याउन मौसमविद्को सुझाव >>   मोबाइलसँगै बाथरुम पस्दै हुनुहुन्छ ? हुन सक्छ यस्तो समस्या ! >>   मनपरी गिरफ्तारी र व्यक्तिको मानमर्दन स्वीकार्य हुँदैनः महामन्त्री पौडेल >>   फिल्डिङमा चुकिरहेका छौं– सन्दीप लामिछाने >>   जनकपुरमा सर्वसाधारणको घरमा बसेर छठ पूजामा सहभागी हुने रवि लामिछानेको तयारी >>   बलान खोलामा खाल्डो खनेर लुकाइएको २३१ किलोभन्दा बढी गाँजा बरामद >>   कोप–३१ मा नेपालको पर्वतीय एजेन्डाले पायो प्राथमिकता, आगामी दुई वर्ष संवाद हुने सहमति >>   सामाजिक सञ्जालको हल्लाका भरमा काँग्रेसको महाधिवेशनमाथि प्रश्न नउठाउन विश्वप्रकाशको चेतावनी >>   ‘बात बहादुर होइन, काम बहादुर बनौँ’:ओली
Logo
२७ कार्तिक २०८३, शुक्रबार
२७ कार्तिक २०८३, शुक्रबार

सडक दुर्घटना बढेपछि प्रशासनको कडाइ : काठमाडौँ–हेटौँडा रुटमा समयसीमा तोकियो


काठमाडौं । काठमाडौँबाट बल्खु–दक्षिणकाली हुँदै हेटौँडा जाने यात्रुवाहक भाडाका तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले कडाइ गरेको छ।

सडक दुर्घटना बढ्दै गएको र यात्रुको सुरक्षामा जोखिम देखिएको भन्दै जिल्ला सुरक्षा समितिले सवारी सञ्चालनका लागि नयाँ समयसीमा निर्धारण गरेको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको अत्यन्त जरुरी सूचनाअनुसार उक्त सडकखण्ड हुँदै हेटौँडा जाने यात्रुवाहक तथा सार्वजनिक सवारीसाधन साँझ ८ बजेभित्र फर्पिङस्थित प्रहरी चेकपोस्ट पुगिसक्नुपर्नेछ।

त्यस्तै, बिहान ५ बजेपछि मात्रै बल्खुबाट उक्त रुटमा सवारी सञ्चालन गर्न पाइने व्यवस्था गरिएको छ। प्रशासनले यात्रुवाहक तथा सार्वजनिक सवारीसाधनको अवस्था पूर्ण रूपमा जाँच गरेर मात्रै सञ्चालन गर्न निर्देशन दिएको छ। साथै, काठमाडौँ जिल्लाभित्र पर्ने उक्त सडकखण्डमा खटिएका प्रहरी युनिट तथा ट्राफिक प्रहरीले कडाइका साथ सवारीसाधनको अनिवार्य जाँच गर्ने व्यवस्था मिलाइने सूचनामा उल्लेख छ।

साँघुरा सडक, तीव्र गति, चालकको लापरबाही तथा रातिको समयमा यात्रा गर्दा हुने जोखिमका कारण दुर्घटना बढेको प्रशासनको भनाइ छ।

यात्रुको सुरक्षा र सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले प्रशासनले उक्त व्यवस्था लागू गरेको जनाएको छ।

 


प्रकाशित मिति: २७ कार्तिक २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?