Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

टर्की—ओमान व्यापार लक्ष्य ५ बिलियन अमेरिकी डलर


काठमाडौँ । टर्किएले ओमानसँगको व्यापारको मात्रा ५ अर्ब अमेरिकी डलरमा पु¥याउने लक्ष्य राखेको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले यसलाई पहिलो चरणको लक्ष्य भएको बताएका छन् । तर यस चरणको समयावधि तोकिएको छैन । एर्दोगानले ओमानी सुल्तान हैथम बिन तारिक अल सइदसँग अंकारामा भएको संयुक्त पत्रकार सम्मेलनमा उक्त टिप्पणी गरेका छन् । टर्कीका ठेकेदार कम्पनीहरूले ओमानमा हालसम्म ७ अर्ब डलरको परियोजना पूरा गरिसकेको एर्दोगानले बताए । आफ्नो पक्षबाट टर्किए भ्रमण गर्ने पहिलो ओमानी राज्य प्रमुख हैथमले क्षेत्रीय सहयोगलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।

हैथमको भ्रमणका क्रममा दुवै पक्षले लगानी, कृषि, स्वास्थ्य, श्रम, संस्कृति, कुटनीति, केन्द्रिय बैंक तथा साना तथा मझौला उद्यमहरूबीचको सहकार्यलगायतका प्रमुख क्षेत्रहरूलाई समेट्ने १० वटा सम्झौतामा हस्ताक्षर गरेका छन् ।


प्रकाशित मिति: १६ मंसिर २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?