Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

इजिप्ट र जोर्डनबीच क्षेत्रीय विकासबारे छलफल


इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसी र जोर्डनका राजा अब्दुल्लाह द्वितीयले कायरो क्षेत्रीय घटनाक्रममा विशेष गरी प्यालेस्टाइन र लेबनानमा छलफल गरेका छन् ।

उनीहरूले गाजा पट्टीमा युद्धविराममा पुग्न र मानवीय सहायताको निर्वाध वितरण सुनिश्चित गर्न आवश्यकतालाई पुनः पुष्टि गरेका छन् । दुवै नेताहरूले प्यालेस्टिनीहरूलाई उनीहरूको भूमिबाट विस्थापित गर्ने कुनैपनि प्रयासलाई दृढतापूर्वक अस्वीकार गर्न जोड दिएका छन् ।उनीहरूले पूर्वी जेरुसेलमको राजधानीको रूपमा सन् १९६७ को सीमानामा आधारित स्वतन्त्र प्यालेस्टाइन राज्यको स्थापना दुई–राज्य समाधान कार्यान्वयन गर्न आवश्यक रहेको र यस क्षेत्रमा स्थायित्व पुनःस्थापनाको मुख्य ग्यारेन्टीको रूपमा काम गर्ने कुरामा जोड दिए ।

तिनीहरूले इजरायल र लेबनान बीचको नयाँ लागू गरिएको युद्धविराम सम्झौतालाई पनि स्वागत गरेका छन् । लेबनानको स्थिरता र सार्वभौमिकता र कुनै पनि आक्रमणको अस्वीकार गर्न आफ्नो उत्सुकता दोहो¥याएका छन् । दुवै नेताले यस क्षेत्रको वर्तमान तनावलाई कम गर्न जिम्मेवारी लिन सबै दललाई आग्रह गरेका छन् ।


प्रकाशित मिति: १४ मंसिर २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?