Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

मलेसियाको पीपीआई अक्टोबरमा २.४ प्रतिशतले घट्यो


काठमाडौँ । मलेसियाको उत्पादक मूल्य सूचकांक अक्टोबरमा २.४ प्रतिशतले घटेको आधिकारिक तथ्याङ्कले देखाएको छ ।

जसले उत्पादक स्तरमा सामानको मूल्य परिवर्तन मापन गर्दछ । डिपार्टमेन्ट अफ स्ट्याटिस्टिक्स मलेसियाले यो गिरावट मुख्यतया खानी क्षेत्रमा १७.३ प्रतिशतले घटेको बताएका छन् । कच्चा तेल निकासीको सूचकांक २१.७ प्रतिशतले घटेको छ भने प्राकृतिक ग्यास निकासीको सूचकांक १.७ प्रतिशतले घटेको छ । त्यसबाहेक उत्पादन क्षेत्र पनि २.६ प्रतिशतले घटेको छ । कृषि, वन र मत्स्यपालन क्षेत्र १३.८ प्रतिशतले बढेको छ ।

उपयोगिता क्षेत्रका लागि खानेपानी परिसूचक ६.९ प्रतिशतले बढेको छ भने विद्युत र ग्यास आपूर्ति सूचकाङ्क ०.८ प्रतिशतले बढेको छ । मासिक आधारमा अक्टोबरमा उत्पादक मूल्य सूचकाङ्क ०.७ प्रतिशतले घटेको छ ।


प्रकाशित मिति: १४ मंसिर २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?