Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु, दश घाइते


थाइल्यान्ड। थाइल्यान्डको राजधानी बाहिरको सामुत साखोनमा निर्माण स्थलमा एउटा क्रेन दुर्घटना हुँदा तीन जना श्रमिकको मृत्यु हुनुका साथै अन्य दश जना घाइते भएको प्रहरीले शुक्रबार जनाएको छ ।

दुर्घटनामा परी तीन जना श्रमिकको घटनास्थलमै मृत्यु भएको तथा अन्य दश जना घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको सामुत साखोन प्रहरीका डेटचानाकोर्न चान्ताफुमले बताएका छन् ।

दुर्घटनाको कारणबारे इन्जिनियर र प्रहरीको टोलीले अनुसन्धान गरिरहेको छ भने प्रारम्भिक अनुसन्धानमा अधिकारीहरूले अत्यधिक भारका कारणले दुर्घटना भएकाे आशङ्का गरेका छन् ।

गत मार्चमा बैङ्ककको पूर्वमा रहेको कारखानामा निर्माण कार्यका क्रममा क्रेन खस्दा सात जनाको मृत्यु भएको थियो ।


प्रकाशित मिति: १४ मंसिर २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?