Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु, दश घाइते


थाइल्यान्ड। थाइल्यान्डको राजधानी बाहिरको सामुत साखोनमा निर्माण स्थलमा एउटा क्रेन दुर्घटना हुँदा तीन जना श्रमिकको मृत्यु हुनुका साथै अन्य दश जना घाइते भएको प्रहरीले शुक्रबार जनाएको छ ।

दुर्घटनामा परी तीन जना श्रमिकको घटनास्थलमै मृत्यु भएको तथा अन्य दश जना घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको सामुत साखोन प्रहरीका डेटचानाकोर्न चान्ताफुमले बताएका छन् ।

दुर्घटनाको कारणबारे इन्जिनियर र प्रहरीको टोलीले अनुसन्धान गरिरहेको छ भने प्रारम्भिक अनुसन्धानमा अधिकारीहरूले अत्यधिक भारका कारणले दुर्घटना भएकाे आशङ्का गरेका छन् ।

गत मार्चमा बैङ्ककको पूर्वमा रहेको कारखानामा निर्माण कार्यका क्रममा क्रेन खस्दा सात जनाको मृत्यु भएको थियो ।


प्रकाशित मिति: १४ मंसिर २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?