१० जेष्ठ ,खजुरा । बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई युवतीको मृत्यु भएको छ । डुडुवा गाउँपालिका–४ स्थित सिधानियघाट राप्ती नदीमा वनभोज खान गएका उनीहरुको मङ्गलबार साँझ डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरका अनुसार पौडी खेल्ने क्रममा कोहलपुर नगरपालिका–२
१० जेष्ठ ,नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)को बर्दघाटमा ट्रमा सेन्टर बनाउन आवश्यक जग्गा सुनिश्चित गरिएको छ । बर्दघाट नगरपालिका–२ चिसापानीस्थित राष्ट्रिय आवास कम्पनीको नाममा रहेको कुल आठ बिघा दुई कठ्ठा १२ धुर जग्गामध्ये एक बिघा १० कठ्ठा जग्गामा ५० शय्याको ट्रमा सेन्टर बनाइने भएको छ । बर्दघाट नगरपालिका र राष्ट्रिय आवास
१० जेष्ठ ,घोराही । बर्दियाको राजापुर नगरपालिका–३ की बिन्दु चौधरी दाङको घोराही–५ धारापानीमा भेटिईन् । बिदाको सदुपयोग गर्दै उनि यहाँ घुम्न आएकि हुन् । चौधरीले भनिन, “धारापानी साह्रै राम्रो ठाउँ रहेछ, यहाँ आएर मन आनन्दित भयो ।” यस्तै तुलसीपुर–६ का यमलाल भण्डारीपनि साथीसँग धारापानी घुम्न आए । गर्मीमा शीतलता पाउने
९ जेठ, नवलपरासी । नेपाल विद्युत् प्राधिकरण कावासोती वितरण केन्द्रको बक्यौता रु दुई करोड ५१ लाख भन्दा बढी पुगेको छ । चालु आर्थिक वर्ष २०७९÷८० को हालसम्ममा कार्यालयले सेवाग्राहीबाट सो रकम रु असुल गर्न बाँकी छ । कार्यालयका इञ्जीनीयर तिलकराम थनेतकाअनुसार तीन महिनाभन्दा बढी समयसम्म विद्युत् महसुल नतिरेका पाँच सय
९ जेष्ठ ,रामपुर (पाल्पा) । चैतेधान खेतीले हरियाली हुने अधिकांश खेत अहिले मकैले भरिन थालेका छन् । राम्रै धान फल्ने खेत भए पनि बाउबाजेको पालादेखि लगाउँदै आएको चैतेधान अहिले भने पाल्पाका किसानले क्रमिकरूपमा लगाउन छाड्दै गएका छन् । गाउँमा बसेर खेती गर्ने जनशक्ति नहुनु, वर्षेधान लगाउने र चैतेधान स्याहार्ने समय
८ जेष्ठ ,लुम्बिनी । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीले आज प्रदेश प्रमुखसमक्ष शपथ लिएका छन् । नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १७२ बमोजिम प्रदेश प्रमुख कार्यालयमा आज आयोजित शपथ ग्रहण समारोहमा पद तथा गोपनीयताको शपथ गराए । आज शपथ लिएका मन्त्रीहरुमा नेपाली कांग्रेसका राजुप्रसाद खनाललाई स्वास्थ्य, जनमत
८ जेठ, रूपन्देही । भन्सार कार्यालयको प्रज्ञापनपत्र र बैंकको नक्कली भौचर तयार गरी भन्सारकै पार्किङस्थलबाट बाहिरिएको माछासहितको एक मिनी ट्रक पक्राउ परेको छ । तीन सय ७५ नम्बरको अधिकारी क्लिरियन्स भन्सार एजेन्टले पास गरेको तीन हजार आठ सय किलो माछासहितको युपी ५३ एफ टि ५४५२ नम्बरको भारतीय नम्बर प्लेटको मिनिट्रक
८ जेठ, काठमाडाैँ । लुम्बिनी प्रदेश सरकारमा आज (सोमबार) मन्त्री परिषद् बिस्तारको तयारी गरिएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसहित चार मन्त्रीहरू रहेको प्रदेश सरकारमा सोमबार बेलुकासम्म थप तीन जना मन्त्री नियुक्त गर्ने तयारी रहेको जनाइएको छ । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवम् बिना विभागीय मन्त्री सन्तोष पाण्डेका अनुसार नेपाली कांग्रेसका
८ जेठ, काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लुम्बिनी विकास कोषलाई १३ बुँदे स्पष्टीकरण सोधेको छ । मन्त्रालयले कोषका उपाध्यक्षले पदीय दुरुपयोग, निर्माण कम्पनीसँगको सम्झौतामा मनपरी, टेण्डर निष्काशन रकमको अपचलन र दाताबाट प्राप्त रकमको परिचालन लगायतका विभिन्न १३ विषयमा १३ बुँदे स्पष्टीकरण बुझाउन १५ दिनको समय तोकेको हो ।
८ जेठ, बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ सञ्चालनमा रहेका सहकारीको अवस्था बुझ्न अनुगमन सुरु गरेको छ । नगरमा सञ्चालनमा रहेका सहकारीको अवस्था अध्ययन गरी चुस्तदुरुस्त र अद्यावधिक राख्न नियमित अनुगमन सुरु गरेको नेपालगञ्ज उपमहानगरपालिका सहकारी शाखा प्रमुख प्रविणकुमार रानाले जानकारी दिनुभयो । उहाँका अनुसार, सहकारी ऐन र प्रलचित नियम कानुनबमोजिम