Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

गौ हत्या गर्नेलाई सेवा निषेध


१३ जेष्ठ ,खजुरा (बाँके) । बाँकेको नरैनापुर गाउँपालिकाले गौ हत्याको घटना रोक्न कडाइ गर्न थालेको छ । गाउँपालिकाको शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकले गौ हत्यामा संलग्नको पहिचान गरी कडाभन्दा कडा कारबाही गर्न र गौहत्यामा संलग्न भएको प्रमाणित भएमा एक वर्षसम्म गाउँपालिकाबाट प्रदान गरिने कुनै पनि सेवा उपलब्ध नगराउने निर्णय भएको गाउँपालिका अध्यक्ष मो. इस्तियाक अहमद शाहले बताए ।

अध्यक्ष शाहका अनुसार गौ हत्या गर्ने व्यक्तिको सम्बन्धमा सूचना दिने व्यक्तिलाई पुरस्कार स्वरुप रु १५ हजार नगद उपलब्ध गराउने निर्णय भएको छ । गाउँपलिकाले यससम्बन्धी कानूनीरूपमै मान्यताका लागि नीति तथा कार्यविधि निर्माणको तयारी गरेको छ । गौ हत्या नियन्त्रण गर्नसम्बन्धी सुरक्षाकर्मीहरूलाई गाउँपालिकाले अनुरोध गरेको छ ।

गाउँपालिकाले सो सम्बन्धमा जनचेतना कार्यक्रम सञ्चालन गर्ने प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताए । नेपालको राष्ट्रिय जनावरको रूपमा गाईलाई मानिन्छ । नेपालको कानूनले गौहत्यालाई निषेध गरेको छ । बाँकेको नरैनापुर गाउँपालिकाले गौ हत्याको घटना रोक्न कडाइ गर्न थालेको छ ।

गाउँपालिकाको शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकले गौ हत्यामा संलग्नको पहिचान गरी कडाभन्दा कडा कारबाही गर्न र गौहत्यामा संलग्न भएको प्रमाणित भएमा एक वर्षसम्म गाउँपालिकाबाट प्रदान गरिने कुनै पनि सेवा उपलब्ध नगराउने निर्णय भएको गाउँपालिका अध्यक्ष मो. इस्तियाक अहमद शाहले बताए ।

अध्यक्ष शाहका अनुसार गौ हत्या गर्ने व्यक्तिको सम्बन्धमा सूचना दिने व्यक्तिलाई पुरस्कार स्वरुप रु १५ हजार नगद उपलब्ध गराउने निर्णय भएको छ । गाउँपलिकाले यससम्बन्धी कानूनीरूपमै मान्यताका लागि नीति तथा कार्यविधि निर्माणको तयारी गरेको छ ।

गौ हत्या नियन्त्रण गर्नसम्बन्धी सुरक्षाकर्मीहरूलाई गाउँपालिकाले अनुरोध गरेको छ । गाउँपालिकाले सो सम्बन्धमा जनचेतना कार्यक्रम सञ्चालन गर्ने प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताए । नेपालको राष्ट्रिय जनावरको रूपमा गाईलाई मानिन्छ । नेपालको कानूनले गौहत्यालाई निषेध गरेको छ ।


प्रकाशित मिति: १३ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?