Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

प्लाष्टिक प्रयोग अन्त्यको अभियान बालबालिकाबाट शुरु गर्नुपर्छ


काठमाडौँ। वन तथा वातावरण मन्त्रालयका सचिव डाक्टर राजेन्द्रप्रसाद मिश्रले प्लाष्टिक प्रयोग अन्त्य अभियानको नेतृत्व बालबालिकालाई दिनुपर्ने बताएका छन् ।

उनले प्लाष्टिकले मानव र वातावरणमा पार्ने असरका बारेमा बालबालिकालाई जानकारी गराउँदै प्रयोग अन्त्य गर्ने अभियाानको नेतृत्व पनि उनीहरुलाई नै सुम्पिनुपर्नेमा जोड दिएका हुन् ।

विश्व वातावरण दिवसको अवसरमा युएनडिपीले काठमाडौंमा आयोजना गरेको कला प्रदर्शनीको उद्घाटन गर्दे सचिव मिश्रले घरघरमा हस्तक्षेपकारी अभियान सुरु गर्न आवश्यक रहेको बताए ।

बालबालिकाहरुले एउटा चित्रमार्फत विश्व तापमान वृद्धि र प्लाष्टिक प्रयोगबाट वातावरणमा परिरहेको नकारात्मक असरलाई स्पष्ट देखाउन सफल भएको भन्दै उनीहरुलाई नै प्लाष्टिक प्रदुषण अन्त्यको नेतृत्व सुम्पनुपर्नेमा उनले जोड दिए । सबैका छोराछोरीले प्लाष्टिकका झोलामा ल्याएको र प्लाष्टिकका भाँडामा खान्न भन्न थाल्ने हो भने प्लाष्टिक प्रयोगलाई अन्त्य गर्न सकिने तर्क सचिव मिश्रले गरे ।

उनले भने ‘जुन कुरा म अन्तर्राष्ट्रिय पेपरमा आधा घण्टा लगाएर खोज्थेँ, यहाँहरुले आफ्नो कलामा सजिलै प्रश्तुत गर्नुभएको छ । तपाईहरुले आर्टमा प्रश्तुत गर्नुभएको सन्देश प्रशंसनीय छ । आज वातावरण दिवस, विशेष दिन हो । हिमालको हिउँ सकिएको, तल पोखरी ठूलो भएको कुरालाई सजिलैसँग राखिदिनुभएको छ । वातावरणको कुरा गर्दा विश्वदेखि घरघर र व्यक्ति व्यक्तिसम्म इन्टरभेन गर्न आवश्यक छ । हरेक व्यक्तिले आफ्नो व्यवहार परिवर्तन गरेनौँ भने कलेक्टिभ एक्शन हुन सक्दैन । कलेक्टीभ एक्शन नआउँदा कलेक्टीभ एचिभमेण्ट हुदैन । हरेक बच्चाहरुले यो भनुन् कि म प्लाष्टिकमा खान्न । प्लाष्टिकको झोलामा ल्याएको तरकारी खान्न भन्न थाले भने हामीले प्लाष्टिकलाई बिदा गर्नसक्छौँ ।’

नेपालका लागि युएनडिपीका आवासीय प्रतिनिधि क्योको योकोसुकाले चित्रकलामा मानिसमा जागरुकता फैलाउने सशक्त माध्यम भएको बताए । आफूहरुले प्लाष्टिक फोहर व्यवस्थापनलाई सम्बोधन गर्न उत्कृष्ट अभ्यासहरु अपनाउने, साझा गर्ने र नीतिगत परिवर्तनलाई प्रेरित गरी प्लाष्टिक प्रयोगको अन्त्य गर्ने अभियानमा सबैसँग सहकार्य गर्न तयार रहेको स्पष्ट पारे।

सोही अभियानको एउटा कार्य अन्तर्गत प्लाष्टिक प्रयोग रोक्ने सन्देशसहितको चित्रकला प्रदर्शनीमा साझेदारी र सहकार्य गर्न पाउँदा आफू हर्षित भएको बताए । आधुनिक समयमा सबै भन्दा जटिल चुनौतिको रुपमा रहेको प्लाष्टिक प्रयोगको अन्त्य गर्न सबैको सहकार्य आवश्यक रहेको भन्दै उनले त्यसका लागि आफूहरु सधँै तयार रहेको प्रतिवद्धता जनाए ।

उनले भने ‘यो प्रदर्शनीमा, तपाईंले देख्नुभएजस्तै, हामीले सबै उमेर समूहका मानिसहरूबाट अत्यन्त रचनात्मक कलाकृतिहरू देखेका छौं । यहाँ एउटा विशेष खण्ड पनि छ, जहाँ बालबालिकाहरूले बनाए कलाकृतिहरू छन् । उनीहरूले आफ्ना जलवायु र वातावरणीय चिन्ताहरूलाई कलामार्फत सक्रिय रूपमा व्यक्त गरेका छन् । हामी विश्वास गर्छौं कि कलात्मक अभिव्यक्ति भनेको मानिसहरूलाई संलग्न गराउने, कुराकानी शुरु गर्ने, जागरूकता बढाउने र कार्य प्रेरित गर्ने एक शक्तिशाली माध्यम हो । वातावरण दिवस २०२५ को विशेष विषयवस्तु भनेको प्लास्टिक प्रदुषण अन्त्य गर्ने हो । के तपाईंलाई थाहा छ, गत वर्ष विश्वभर ४ सय मिलियन टन प्लास्टिक उत्पादन भएको थियो ? र त्यसको १० प्रतिशत भन्दा पनि कममात्रै रिसाइकल भएको थियो । प्लाष्टिक प्रयोगको अन्त्य गर्नु हाम्रो आधुनिक समयको सबैभन्दा जटिल चुनौती हो । प्लाष्टिक प्रयोग अन्त्य गर्ने सवालमा हामी संगै काम गर्न चाहन्छौँ ।

यूएनडीपी नेपाल, जहाँ म कार्यरत छु, लामो समयदेखि फोहोर व्यवस्थापन, विशेषगरी प्लास्टिक फोहोर व्यवस्थापनमा काम गरिरहेको छ । हामीले प्लास्टिक फोहोर व्यवस्थापनलाई सम्बोधन गर्न उत्कृष्ट अभ्यासहरू अपनाउने र साझा गर्ने, नीति परिवर्तनलाई प्रेरित गर्ने, डिस्पोजेबल प्लास्टिक घटाउने र फोहोर कामदारहरूको जीविकोपार्जन सुधार गर्न समुदायमा कार्यहरू प्रेरित गर्ने काम गरिरहेका छौ ।
मलाई थाहा छ कि धेरै अन्य साझेदारहरू पनि यो क्षेत्रमा काम गरिरहेका छन्, र यो एकदमै जटिल काम हो । यो एक जटिल चुनौती हो। त्यसैले हामीले यसलाई सम्बोधन गर्न साँच्चै सँगै काम गर्नुपर्छ ।’

नेपालका लागि युएनडिपीका आवासीय प्रतिनिधि क्योको योकोसुकाले चित्रकला प्रदर्शनीले प्लास्टिक प्रदुषण अन्त्य गर्दै हरियाली र दिगो भविष्यको बाटोमा अग्रसर हुने सवालमा अर्थपूर्ण कदम चाल्न प्रेरित गर्ने विश्वास पनि व्यक्त गरे ।


प्रकाशित मिति: २२ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?