Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

पुराना राजनीतिक दलहरुले केही गर्न सक्दैनन् भन्ने गलत भाष्यहरु निर्माण गरियो : देउवा


काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पुराना राजनीतिक दलहरुले केही गर्न सक्दैनन् भन्ने अतिञ्जित र नकारात्मक भाष्यहरु निर्माण गरी समाजलाई दिग्भ्रमित पार्ने काम भइरहेको बताएका छन् ।

सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ता भाष्य र चुनौतिहरु चिर्दै अझ बढी शसक्त र क्रियाशिल हुन आवश्यक रहेको बताए । उनले नेपाली काँग्रेसका सबै भ्रातृ संस्था र संगठनहरुलाई क्रियाशिल र गतिशिल बनाउँदै पार्टीभित्र वृहत एकता कायम गर्न निर्देशन दिएका छन् । उनले आगामी निर्वाचनमा बहुमत ल्याइ नेपाली काँग्रेसको स्थिर सरकार निर्माण गर्न अझ बढी समर्पणका साथ काम गर्न जरुरी रहेको बताएका छन् ।

सभापति देउवाले भने, ‘पुराना पार्टीहरुले केही गर्न सक्दैनन् भन्ने अतिञ्जित र नकारात्मक भाष्यहरु निर्माण गरी समाजलाई दिग्भ्रमित गर्ने कोशिस भइरहेको छ । तर यस्ता भाष्य र चुनौतिहरु चिर्दै अझ बढी शसक्त र क्रियाशिल हुन आवश्यक छ । नेपाली काँग्रेसका सबै भ्रातृ संस्था र संगठनहरुलाई क्रियाशिल र गतिशिल बनाउँदै पार्टीभित्र वृहत एकता कायम गरी आगामी निर्वाचनमा बहुमत ल्याइ नेपाली काँग्रेसको स्थिर सरकार निर्माण गर्न तपाईं हामी सबैले अझ बढी समर्पणका साथ काम गर्न आवश्यक छ ।’

सभापति देउवाले नेपाल विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिले भरिपूर्ण रहेको बताएका छन् ।


प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?