Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२९ मंसिर २०८२, सोमबार
२९ मंसिर २०८२, सोमबार

मधेसवादी नेता काठमाडौंमा प्रधानमन्त्रीको पूजा गर्छन्, मधेस पुगेर विरोध : अनिल झा


काठमाडौँ। नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले दोहोरो चरित्र देखाउने मधेसवादी राजनीतिक दलहरुका कारण नै मधेसले सोचेको जति अधिकार प्राप्त गर्न नसकेको बताएका छन् ।

उनले मधेसवादी राजनीतिक दलहरुका मुद्दा खरो रुपमा बोक्ने राजनीतिक दलहरु कम रहेको बताउदै मधेसमा जय मधेस भन्ने र काठमाडौंमा सङ्घीय अभिवादन भन्ने राजनीतिक दलका नेताहरु भएकाले मधेस अधिकारहरुबाट संकुचित हुनु परेको उनको भनाइ छ । काठमाडौंमा आएर प्रधानमन्त्रीको पूजा गर्ने र मधेसमा गएर मधेसलाई सखाप पारे भन्ने राजनीतिक दलका नेताहरुको दोहोरो चरित्र मधेसका जनताले बुझ्नुपर्ने बताए । त्यसका लागि आफू आगामी निर्वाचनमा परीक्षण हुन तयार रहेको उनको भनाइ छ । आफूहरु अन्त्यतः ब्यालेटको राजनीतिमै जाने बताएका छन् ।

उनले भने, ‘मधेस र मधेसवादीका निम्ति तपाईंको स्टुडियोदेखि सिंहदरबारसम्म सिंहदरबारदेखि बानेश्वरको सांसद भवनसम्म, सांसद भवनदेखि विदेशी समुदायसम्म, विदेशी समुदायदेखि बालुवाटार प्रधानमन्त्रीको अगाडि आँखामा आँखा जुधाएर बोल्दासम्म र त्यहाँदेखि जनतासम्म एउटै कुरा बोल्ने । यहाँ कस्ता पार्टी पनि छन् कि मधेसमा जय मधेस पनि बोल्छन् काठमाडौंमा सङ्घीय अभिवादन भन्छन् । प्रधानमन्त्रीसँग के भन्छ गएर उनको खुट्टा पुज्छन् अनि मधेसमा गएर के भन्छ आँप झा¥यो केपी ओलीले भन्छन् । त्यस्तो डबल स्ट्यान्डर, ट्रिपल स्ट्यान्डर पार्टीहरु तपार्इं देख्न सक्नुहुन्छ । तपाईं जुन भन्नुहुन्छ टेस्टेडको कुरा मलाई लाग्दैन कि टेस्टेड हुनु कुनै खराब कुरा पनि होइन तर फेरि पनि टेस्ट दिन म तयार छु । फेरि टेस्ट होला । टेस्ट त प्रत्येक पाँच पाँच वर्षमा हुन्छ नि नेताको । फेरि अर्को चुनावमा होला । त्यो टेस्ट त फेरि पनि देखिन्छ । हामी कुनै अण्डरग्राउण्ड हुने पार्टी होइन । हामी त फाइनल्लि ब्यालेटको राजनितिमै जाने हो । त्यो चिजमा फेरि पनि २ वर्ष त बाँकी छ नि । यदि २ वर्षपछिको असोजमा नर्मल टइममा इलेक्सन भयो भने । म्याक्सिमम त्यही टाइम हो । टेस्ट दिन फेरि पनि तयार छाँै । नेताले त प्रत्येक पाँच पाँच वर्षमा टेस्ट दिनुपर्छ । विद्यार्थीले प्रत्येक वर्षमा टेस्ट दिन पाउँछ । नेताले पाँच पाँच वर्षमा ।’

निर्वाचन आउन अझै दुई वर्ष बाँकी रहेकाले यस बीचमा सद्भावना पार्टीलाई जनस्तरस्म्म पुर्याउने बताएका छन्।


प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?