Trending
>>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

मधेसवादी नेता काठमाडौंमा प्रधानमन्त्रीको पूजा गर्छन्, मधेस पुगेर विरोध : अनिल झा


काठमाडौँ। नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले दोहोरो चरित्र देखाउने मधेसवादी राजनीतिक दलहरुका कारण नै मधेसले सोचेको जति अधिकार प्राप्त गर्न नसकेको बताएका छन् ।

उनले मधेसवादी राजनीतिक दलहरुका मुद्दा खरो रुपमा बोक्ने राजनीतिक दलहरु कम रहेको बताउदै मधेसमा जय मधेस भन्ने र काठमाडौंमा सङ्घीय अभिवादन भन्ने राजनीतिक दलका नेताहरु भएकाले मधेस अधिकारहरुबाट संकुचित हुनु परेको उनको भनाइ छ । काठमाडौंमा आएर प्रधानमन्त्रीको पूजा गर्ने र मधेसमा गएर मधेसलाई सखाप पारे भन्ने राजनीतिक दलका नेताहरुको दोहोरो चरित्र मधेसका जनताले बुझ्नुपर्ने बताए । त्यसका लागि आफू आगामी निर्वाचनमा परीक्षण हुन तयार रहेको उनको भनाइ छ । आफूहरु अन्त्यतः ब्यालेटको राजनीतिमै जाने बताएका छन् ।

उनले भने, ‘मधेस र मधेसवादीका निम्ति तपाईंको स्टुडियोदेखि सिंहदरबारसम्म सिंहदरबारदेखि बानेश्वरको सांसद भवनसम्म, सांसद भवनदेखि विदेशी समुदायसम्म, विदेशी समुदायदेखि बालुवाटार प्रधानमन्त्रीको अगाडि आँखामा आँखा जुधाएर बोल्दासम्म र त्यहाँदेखि जनतासम्म एउटै कुरा बोल्ने । यहाँ कस्ता पार्टी पनि छन् कि मधेसमा जय मधेस पनि बोल्छन् काठमाडौंमा सङ्घीय अभिवादन भन्छन् । प्रधानमन्त्रीसँग के भन्छ गएर उनको खुट्टा पुज्छन् अनि मधेसमा गएर के भन्छ आँप झा¥यो केपी ओलीले भन्छन् । त्यस्तो डबल स्ट्यान्डर, ट्रिपल स्ट्यान्डर पार्टीहरु तपार्इं देख्न सक्नुहुन्छ । तपाईं जुन भन्नुहुन्छ टेस्टेडको कुरा मलाई लाग्दैन कि टेस्टेड हुनु कुनै खराब कुरा पनि होइन तर फेरि पनि टेस्ट दिन म तयार छु । फेरि टेस्ट होला । टेस्ट त प्रत्येक पाँच पाँच वर्षमा हुन्छ नि नेताको । फेरि अर्को चुनावमा होला । त्यो टेस्ट त फेरि पनि देखिन्छ । हामी कुनै अण्डरग्राउण्ड हुने पार्टी होइन । हामी त फाइनल्लि ब्यालेटको राजनितिमै जाने हो । त्यो चिजमा फेरि पनि २ वर्ष त बाँकी छ नि । यदि २ वर्षपछिको असोजमा नर्मल टइममा इलेक्सन भयो भने । म्याक्सिमम त्यही टाइम हो । टेस्ट दिन फेरि पनि तयार छाँै । नेताले त प्रत्येक पाँच पाँच वर्षमा टेस्ट दिनुपर्छ । विद्यार्थीले प्रत्येक वर्षमा टेस्ट दिन पाउँछ । नेताले पाँच पाँच वर्षमा ।’

निर्वाचन आउन अझै दुई वर्ष बाँकी रहेकाले यस बीचमा सद्भावना पार्टीलाई जनस्तरस्म्म पुर्याउने बताएका छन्।


प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?