Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

जलवायु परिवर्तनले कुनै देश, भूगोल र राजनीतिक दल चिन्दैनः परराष्ट्रमन्त्री


काठमाडौँ। परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनका असर न्युनिकरणका लागि राष्ट्रिय एजेण्डाका रुपमा कानून बनाउन आवश्यक रहेको बताएकी छिन् ।

हिन्दकुश हिमालय क्षेत्रका देशका सांसदहरुको सम्मेलनलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तन कुनै भूगोल र सीमाना नचिन्ने सीमाविहीन र मानव सभ्यताको सङ्कट भएकाले यस समस्याको समाधानका लागि सबै देशको सामूहिक सहकार्य आवश्यक रहेको बताइन् । जलवायु परिवर्तनको समस्या मानव सभ्यताका खिलाफको साझा समस्या भएको बताउँदै यसले कुनै देश, भूगोल, राजनीतिक दललाई नचिन्ने उल्लेख गरिन् । जलवायु सङ्कट अब भविष्यको पूर्वानुमान मात्र नभएर दैनिक अनुभूत गर्ने वास्तविकता बनेको जिकिर गरेकी छिन्। सबैले राष्ट्रिय एजेण्डाका रुपमा कानून बनाउन, स्रोत–साधन परिचालन गर्न र सरकारलाई जवाफदेही बनाउन भुमिका खेल्नुपर्ने आवश्यकता औंल्याइन् ।

उनले जलवायु परिवर्तन, जैविक विविधताको क्षय, स्वच्छ हावामा ह्रास र अन्य वातावरणीय समस्यमा केवल सरकारको मात्र प्रयास पर्याप्त नहुने स्पष्ट पारेकी छिन् ।


प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?