Trending
>>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

इण्डोनेसियाको मध्य सुलावेसीमा ६.० म्याग्निच्युडको भूकम्प


काठमाडौँ। इण्डोनेसियाको मध्य सुलावेसी प्रान्तको पोसो रिजेन्सीमा आईतवार ६.० म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पबाट २९ जना घाइते भएको देशको राष्ट्रिय विपद् व्यवस्थापन निकायले एक विज्ञप्तिमा जनाएको छ ।

मौसम विज्ञान, जलवायु विज्ञान र भूभौतिकी निकायले जकार्ता समय बिहान ५ः३८ बजे भूकम्प गएको जनाएको छ । जसको केन्द्रबिन्दु पोसो रिजेन्सीबाट १८ किलोमिटर उत्तरपश्चिममा १० किलोमिटर गहिराइमा जमिनमा रहेको थियो । पोसो पेसिसिर जिल्लामा शक्तिशाली भूकम्प महशुस गरिएको थियो ।

जसमा मसानी, टोकोरोन्डो, तोउ, पिनेडापा, ताङ्कुरा र लापे गाउँहरू पनि समावेश थिए । जुन लगभग १५ सेकेन्डसम्म चलेको थियो र धेरै बासिन्दाहरूलाई सुरक्षाको लागि बाहिर निस्कन बाध्य पारेको थियो ।


प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?