Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

इण्डोनेसियाको मध्य सुलावेसीमा ६.० म्याग्निच्युडको भूकम्प


काठमाडौँ। इण्डोनेसियाको मध्य सुलावेसी प्रान्तको पोसो रिजेन्सीमा आईतवार ६.० म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पबाट २९ जना घाइते भएको देशको राष्ट्रिय विपद् व्यवस्थापन निकायले एक विज्ञप्तिमा जनाएको छ ।

मौसम विज्ञान, जलवायु विज्ञान र भूभौतिकी निकायले जकार्ता समय बिहान ५ः३८ बजे भूकम्प गएको जनाएको छ । जसको केन्द्रबिन्दु पोसो रिजेन्सीबाट १८ किलोमिटर उत्तरपश्चिममा १० किलोमिटर गहिराइमा जमिनमा रहेको थियो । पोसो पेसिसिर जिल्लामा शक्तिशाली भूकम्प महशुस गरिएको थियो ।

जसमा मसानी, टोकोरोन्डो, तोउ, पिनेडापा, ताङ्कुरा र लापे गाउँहरू पनि समावेश थिए । जुन लगभग १५ सेकेन्डसम्म चलेको थियो र धेरै बासिन्दाहरूलाई सुरक्षाको लागि बाहिर निस्कन बाध्य पारेको थियो ।


प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?