Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

रुपन्देहीमा पनि कर्फ्यू आदेश जारी


रुपन्देही । रुपन्देहीमा सुरक्षा संवेदनशीलता बढेपछि जिल्ला प्रशासन कार्यालयले आज अपराह्न ४ बजेदेखि भोलि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार बुटवलदेखि भैरहवा क्षेत्रमा तोकिएका सीमाभित्र कुनै पनि सभा, जुलुस, प्रदर्शन, भीडभाड र आवतजावत गर्न नपाइने व्यवस्था गरिएको छ।

कर्फ्यू बुटवल क्षेत्रमा पूर्वमा पेट्रोल पम्प धागो कारखानाको पुलदेखि, पश्चिममा बेलहिया चौकसम्म, उत्तरमा सिद्धार्थ खोलासम्म र दक्षिणमा माङ्गलापुरसम्म र भैरहवा क्षेत्रमा पूर्वमा रोहिणी खोलाको पुलदेखि, पश्चिममा बैरीया पुलसम्म, उत्तरमा बुढौचोकसम्म र दक्षिणमा मेडिकल क्याम्पससम्म। साथै बुटवल–बेलहिया सडक खण्डको दायाँ–बायाँ १०० मिटरभित्र कर्फ्यू लागू हुनेछ।

प्रशासनले सर्वसाधारणलाई कर्फ्यूको पूर्ण पालना गर्न अनुरोध गरेको छ।


प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?