Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

रुपन्देहीमा पनि कर्फ्यू आदेश जारी


रुपन्देही । रुपन्देहीमा सुरक्षा संवेदनशीलता बढेपछि जिल्ला प्रशासन कार्यालयले आज अपराह्न ४ बजेदेखि भोलि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार बुटवलदेखि भैरहवा क्षेत्रमा तोकिएका सीमाभित्र कुनै पनि सभा, जुलुस, प्रदर्शन, भीडभाड र आवतजावत गर्न नपाइने व्यवस्था गरिएको छ।

कर्फ्यू बुटवल क्षेत्रमा पूर्वमा पेट्रोल पम्प धागो कारखानाको पुलदेखि, पश्चिममा बेलहिया चौकसम्म, उत्तरमा सिद्धार्थ खोलासम्म र दक्षिणमा माङ्गलापुरसम्म र भैरहवा क्षेत्रमा पूर्वमा रोहिणी खोलाको पुलदेखि, पश्चिममा बैरीया पुलसम्म, उत्तरमा बुढौचोकसम्म र दक्षिणमा मेडिकल क्याम्पससम्म। साथै बुटवल–बेलहिया सडक खण्डको दायाँ–बायाँ १०० मिटरभित्र कर्फ्यू लागू हुनेछ।

प्रशासनले सर्वसाधारणलाई कर्फ्यूको पूर्ण पालना गर्न अनुरोध गरेको छ।


प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?