Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

गुणस्तरीय मह उत्पादन गर्नसके बजारको चिन्ता लिनुपर्दैनः मन्त्री अधिकारी


काठमाडौँ। कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले गुणस्तरीय मह उत्पादनमा जोड दिन किसानलाई आग्रह गरेका छन् ।

नेपाल मौरी पालक महासंघको आायेजनामा बिहीवारबाट काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको छैटौँ राष्ट्रिय मह मेलाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले गुणस्तरीय मह उत्पादनमा जोड दिन आग्रह गरे । गुणस्तरीय मह उत्पादन गरेपछि बजारीकरणको समस्या नहुने बताए । वित्तीय संस्थाहरुले लगानीका लागि वातावरण तयार गरिदिने हो भने मह उत्पादनका लागि समस्या नहुने उनको भनाइ छ । मह उत्पादक किसानलाई परेको समस्याको समाधान गर्नका लागि सरकारले आवश्यक काम गर्ने प्रतिवद्धता जनाए । आफूले उत्पादन गरेको चिजलाई प्रोत्साहन दिनुपर्ने बताए । महमा आत्मनिर्भर हुन जरुरी रहेको बताए ।

मन्त्री अधिकारीले भने, ‘उत्पादनमा जोड दिनुस् । उत्पादनमा जोड दिइसकेपछि बजारीकरणको समस्या रहँदैन । बजारीकरणको समस्या हामी समाधान गर्नसक्ने अवस्थामा पुग्नसक्छौँ । मह उत्पादन गर्ने साथीहरुले वित्तीय संस्थाहरुले पनि लगानीका लागि वातावरण तयार गरिदिने हो भने उत्पादनका लागि समस्या हुँदैन । उत्पादनमा चरणको समस्या छ । राजनीतिक रुपमा आएको संघीयताले पेशा व्यवसयाय गर्न पनि समस्या पार्यो भन्ने सन्दर्भ पनि आएको छ । त्यस्तो असजिलो परिस्थिति उत्पन्न हुन दिनु हुँदैन । यसको लागि राज्यले गर्नसक्ने गर्छ ।’

मन्त्री अधिकारीले गुणस्तरीय मह उत्पादन गर्नसके बजारको चिन्ता गर्न नपर्ने बताए । उनले मिसावट भएको खण्डमा भने बजारको अभाव रहने बताए । मेला आजबाट जेठको २४ गतेसम्म सञ्चलन हुनेछ ।


प्रकाशित मिति: २२ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?