Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

स्कारपिओ दुर्घटनामा एक बालकको मृत्यु


१२ जेठ, ताप्लेजुङ । स्कारपिओ दुर्घटनामा आज बिहान ताप्लेजुङमा एक बालक मृत्यु भएको छ । मृत्यु हुनेमा फुङलिङ नगरपालिका–६ का पाँच वर्षका अंशुमन गुरुङको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भोटेगुम्बाबाट पराजुली चोकतर्फ आउँदै गरेको स्कारपिओ दुर्घटना हुँदा बालकको मृत्यु भएको जनाइएको छ । दुर्घटनामा मृतकका ठूलाबुबा चालक कृष्ण गुरुङ घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक राजन लिम्बूका अनुसार मे१च ७३५३ नंको स्कारपिओ अनियन्त्रित भई बाटोदेखि करिब ४०–५० मिटर तल खसी दुर्घटना भएको थियो । गाडीमा सवार दुवै जनालाई घटनास्थलबाट उपचारका लागि जिल्ला अस्पताल ल्याइएकामा बालकलाई चिकित्सकले मृत घोषणा गरेका थिए । शव जिल्ला अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: १२ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?