Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

मौरी स्मार्ट कृषि गाउँ कार्यक्रमका कृषकलाई गोलासहित माहुरी उपहार


१२ जेठ, गुल्मी ।। गुल्मीको मुसिकोट नगरपालिकामा माहुरीपालक कृषकलाई उपहारस्वरुप मौरीका गोलासहित घार उपलब्ध गराइएको छ । सालिमे मौरी स्मार्ट कृषि गाउँ कार्यक्रमअन्तर्गत मौरी पकेट समूहले  ५१ कृषकलाई एक सय दुई थान माहुरीका गोलासहित घार उपलब्ध गराएको हो ।

गत तीन वर्षअघि कृषि ज्ञानकेन्द्रकोे सहयोगमा ‘सालिमे मौरी स्मार्ट कृषि गाउँ’ कार्यक्रम लागू भएसँगै त्यहाँका कृषकले व्यावसायिकरुपमा मौरीपालनमा गर्न सुरु गरेका थिए । वडानं ८ र ९ मा मौरी स्मार्ट कार्यक्रम लागू भएको थियो । त्यहाँका ५१ कृषक समूहमा आबद्ध  भएर व्यावसायिकरुपमा आधुनिक तरिकाबाट मौरीपालनमा जुटेका हुन् ।

समूहका एक कृषकको घारमा न्यूनतम छ घार मौरी अनिवार्य रुपमा हुनुपर्दछ । छ घार मौरी नभएको व्यक्ति समूहमा आबद्ध हुन पाउँदैन । वरिपरि घना जङ्गलका बीचमा अग्लो र रापिलो ठाउँ भएका कारण पनि मालारानी माहुरी चरन क्षेत्रका लागि पनि निकै उपयुक्त मानिन्छ । त्यस क्षेत्रका मौरीपालक कृषकहरुलाई व्यावसायिक बनाउँदै उनीहरुको जीवनस्तर माथि उठाउने उद्देश्यले मुसिकोटमा उक्त कार्यक्रम लागू गरिएको उक्त केन्द्रका प्रमुख नवराज भण्डारीले बताए ।

सो कार्यक्रममार्फत मौरी पकेट समूहमा आबद्ध सदस्यका घरधुरीमा अहिलेसम्म छ सय ५० खाली र तीन सय गोलासहित मौरीका घारहरु कृषहरुलाई निःशुल्क उपलब्ध गराई सकिएको छ । अन्य व्यवसायभन्दा मौरीपालन व्यवसायबाट चाँडै आम्दानी गर्न सकिने र बजारमा महको माग पनि प्रशस्त हुने भएका कारण पछिल्लो समयमा त्यस क्षेत्रका अन्य कृषक पनि मौरी पालनतर्फ आकर्षित हुँदै गएको मौरी पकेट समूहका अध्यक्ष चुमा घर्तिमगरले बताए ।

उक्त कार्यक्रमअन्तर्गत मौरी पकेट समूहले पहिलो वर्षलाई आधार वर्ष, दोस्रो वर्षलाई मौरी वृद्धि वर्ष, तेस्रो वषलार्ई मह वर्ष र चौथो वर्ष मौरी निर्यात वर्ष मनाउने गरी काम गर्दै आइएको छ । उक्त समूह यो वर्षलाई मह वर्ष भनेर मह उत्पादनमा केन्द्रित छ । मालारानीको मह विषादीरहित, विभिन्न वनस्पतिजन्य फूलहरुको रसबाट उत्पादित र प्राङ्गारिक भएका कारण पनि बजारमा यहाँको महको माग धेरै हुने गर्दछ

उक्त गाउँमा अहिले छ सयभन्दा बढी मौरीका गोलासहित घारहरु छन् । यहाँको मह प्रतिकिलो रु एक हजार पाँच सयमा बिक्री हुँदै आएको छ ।


प्रकाशित मिति: १२ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?