Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

संसद विघटन गर्दा मलाई कुनै दबाब थिएन, सरकारको निर्णय कार्यान्वयन गरेकी हुँः पूर्वराष्ट्रपति भण्डारी


काठमाडौँ। पूर्वराष्ट्रपति एवं एमाले नेतृ विद्यादेवी भण्डारीले तत्कालीन समयमा संसद विघटन गर्दा आफूलाई कुनै दबाब नरहेको बताएकी छिन् ।

मदन भण्डारी फाउण्डेशनले काठमाडौंमा मंगलवार गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको जिज्ञासा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् । उनले आफूले मन्त्रीपरिषद्ले निर्णय गरेको कुरालाई कार्यान्वयन गरेको र कुनै दबाब नरहेको स्पष्ट परिन । देशलाई के गर्दा निकास मिल्छ, कस्तो काम कुन बेलामा गर्ने भन्नेकुरा छलफलको विषय हुनसक्ने बताइन । आफूले संवैधानिक विधि व्यवस्थाअनुसार मन्त्रीपरिषद्बाट आएको निर्णय कार्यान्वयन गरेको बताइन ।

पूर्वराष्ट्रपति भण्डारीले भनिन, ‘जहाँसम्म संसद विघटनको कुरा हो । यसले मलाई पछ्याइरहन्छ भन्नेकुरा मलाई जानकारी छ । २०१७ सालको, २०५१ सालको कुरा पनि आइरहन्छ । म राष्ट्रपति भएको बेलामा पनि संसद विघटन भएको छ दुई पटक । त्यसलाई मैले कुनै प्रेसर, दबाब भन्दा पनि मन्त्रीपरिषद्ले निर्णय गरेर ल्याएको कुरा मैले कार्यान्वयन गरेको हो । जे व्यवस्था छ त्यहीअनुसार गरेको हो । देशलाई के गर्दा निकास दिनुपर्छ, कुन बेला के काम गर्नुपर्दथ्यो, त्यो छलफलको कुरा हुनसक्छ । मैले संवैधानिक विधि व्यवस्थाअनुसार मन्त्रीपरिषद्बाट आएको निर्णय कार्यान्वयन गरेको हो ।’

२०७८ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक संसद विघटन गरेका थिए । फाउण्डेशनले मदन भण्डारीको ७५ औं जन्मजयन्तीको मूल समारोह समितिको संयोजकमा डोरमणि पौडेललाई तोकेको छ । समितिमा ७५ जना सदस्य रहने पनि बताएको छ ।


प्रकाशित मिति: ३१ असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?