Trending
>>   लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा विनोद र पूर्णलक्ष्मी च्याम्पियन >>   जलवायु परिवर्तनसम्बन्धी चित्रकला प्रदर्शनी >>   मानव मर्यादा र आत्मसम्मान नै आधुनिक समाजको आधारः प्रहरी महानिरीक्षक कार्की >>   ६१ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसः माइतीघरमा ध्यानाकर्षण सभा >>   इनिशा विकको बलात्कारपछि हत्याको विरोध गर्दै माईतीघरमा प्रदर्शन >>   देशभर २४ घण्टामा ३६ विपद्का घटनाः एकको मृत्यु, ३० लाखभन्दा बढीको क्षति >>   इरानमाथिको आक्रमण कम गर्ने विचार गर्दैछु : डोनाल्ड ट्रम्प >>   दक्षिण कोरियाको अटो पार्टस कारखानामा आगलागी हुँदा १० जनाको मृत्यु, ५९ घाइते >>   नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखरा : मेयर धनराज >>   इस्लाम धर्मावलम्वी हर्षोल्लासका साथ इद उल फित्र मनाउँदै
Logo
८ चैत्र २०८२, आईतवार
८ चैत्र २०८२, आईतवार

रसुवागढी जलविद्युत आयोजना सञ्चालनमा आउन केही समय लाग्छः मन्त्री खड्का


काठमाडौँ। उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले रसुवा भोटेकोशी बाढीबाट क्षति पुगेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना सञ्चालनमा आउन समय लाग्ने बताएका छन् ।

राष्ट्रिय सभाको मंगलवारको बैठकमा सांसदहरुका जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । यो आयोजनाको हेडबक्समा पूर्ण रुपमा क्षति भएकाले केही समय अझै लाग्ने बताए । उनले बाढीका कारण त्रिशुली नदी करिडोरमा सञ्चालन रहेका केही महत्वपूर्ण जलविद्युत आयोजनाहरु तथा प्रशारण संरचनामा गम्भीर क्षति पुगेको उल्लेख गरे । ६० मेगावाट क्षमता रहेको त्रिशुली ए जलविद्युत आयोजना केही दिनमै सञ्चालन हुने बताए । बाढीका कारण करिव २६० मेगावाट विद्युत राष्ट्रिय प्रशारण प्रणालीमा विच्छेद भएको जानकारी गराए ।

मन्त्री खड्काले भने, ‘बाढीका कारण त्रिशुली नदी करिडोरमा सञ्चालन रहेका केही महत्वपूर्ण जलविद्युत आयोजनाहरु तथा प्रशारण संरचनामा गम्भीर क्षति पुगेको छ । जसका कारण करिव २६० मेगावाट विद्युत राष्ट्रिय प्रशारण प्रणालीमा विच्छेद भएको थियो भने सम्भावित आयोजनाहरुमा क्षति पुगेको थियो । ट्रान्समिसन लाइनका २२० केभी, १३२, १३३ केभी क्षमताको त्रिशुली ३ बी सवस्टेशन समेत प्रभावित भएको छ । क्षतिमा उल्लेख्य आयोजनाहरुमध्ये चिलिमे त्रिशुली, देवीघाट, सूर्यकुण्ड, बुद्ध भूमि, अप्पर मैलुङ लगायतका कुल ९० मेगावाट क्षमता बराबरका जलविद्युत आयोजनाहरु सञ्चालनमा ल्याइएको छ । ६० मेगावाट क्षमता रहेको त्रिशुली ए जलविद्युत आयोजना केही दिनमै सञ्चालन हुनेकुरा जानकारी गराउँछु । सबैभन्दा बढी क्षति भएको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना संरचनालाई सञ्चलनमा ल्याउन केही समय लाग्नेछ । हेडबक्समा यसको पूर्ण रुपमा असर भएको छ । पूर्ण रुपले यो क्षति भएको पाइन्छ ।’

मन्त्री खड्काले ट्रान्समिसन लाइनका २२० केभी, १३२, १३३ केभी क्षमताको त्रिशुली ३ बी सवस्टेशन समेत प्रभावित भएको बताए ।


प्रकाशित मिति: ३१ असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?