Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

वर्ष दिनमा ननुहाउने हिमालवासीहरु अहिले दिनको एक पटक नुहाउँछौँ, यो उपलब्धि होइन ? : सांसद शेर्पा


काठमाडौँ। राष्ट्रिय सभामा नेकपा एमाले सांसद सोनम गेल्जेन शेर्पाले विदेश पलायन नेपालको मात्रै समस्या नभएको बताएका छन् ।

राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । अहिले केही भएन भन्ने भ्रम फैल्याइएको भन्दै आपत्ति जनाए । उनले कसैले पनि सकारात्मक कुरा नगरेको भन्दै सकारात्मक सोच राखेर अघि बढ्नुपर्नेमा जोड दिए । उनले पहिला हिमाली भेगमा बसोवास गर्ने मानिसहरु वर्ष दिनमा एक पटक पनि ननुहाउने गरेको भन्दै अहिले हिमालमै पनि प्रत्येक दिन नुहाउने गरेको बताए । यो एउटा उपलब्धि भएको बताए । उनले हिमाली क्षेत्रका बासिन्दाहरुको आर्थिक अवस्थामा पनि सुधार आएको बताए ।

सांसद शेर्पाले भने, ‘अहिले हामी पोजेटिभ कुरा किन गर्न सक्दैनौँ । केही भएन, केही भएन भन्ने छ । भएको चाहीँ के छ त ? केही भएकै छैन त ? धेरै भएको छैन र ? मेरै कुरा गर्दा हिजो हिमालमा हाम्रै जातका मान्छेहरुले एक वर्ष नुहाउँदैन थियो । ६ महिना नुहाउँदैन थियो । इमान्दारिताका साथ भन्नुपर्छ । तर आज इकोनोमि राम्रो भएको छ । हाम्रै जातका मान्छेहरु हिमाली क्षेत्रमै बसेर, जहाँ माइनस १९ डिग्रि तापक्रम हुन्छ । त्यहाँ बसेर दिनको एक पटक नुहाउने स्थ्तिि छ । यो प्रगति होइन त ? हिजो हामी नुहाउँदै नुहाउँदैन थियौँ, एक वर्षसम्म । चिसो हुन्थ्यो के हुन्थ्यो, एक वर्षमा नुहाउन पनि गाह्रो गाह्रो हुन्थ्यो । मैले नै भोगेको कुरा हो । तर आज हामी हिमाली क्षत्रेमा बसेपनि प्रत्येक दिन नुहाउँछौँ । एटेज बाथरुम छ । इकोनोमि राम्रो छ । विदेश पलायन नेपालको मात्रै समस्या होइन, सबैको समस्या हो ।’

सांसद शेर्पाले अवसर देखिने ठाउँमा जो कोही पनि जाने बताए ।


प्रकाशित मिति: ३१ असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?