Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

साहित्यिक पत्रारितालाई परिमार्जन गर्दै लैजानुपर्छः कुलपति राई


काठमाडौँ। नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले प्रविधिअनुसार साहित्यिक पत्रारितालाई परिमार्जन गर्दै लैजानुपर्ने बताएका छन् ।

मंगलवार नेपाल साहित्यिक पत्रकार संघको १९ औं स्थापना दिवस तथा सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले साहित्यिक पत्रकारिताको मात्रै नभइ समाचार पत्रपत्रिकामा पनि प्रविधिसँगै चुनौति आइरहेको बताए । अब विस्तारै पत्रपत्रिका र साहित्यिक पत्रकारितालाई डिजिटलाइज गर्न जरुरी रहेको बताए । अब कागजको सुगन्धबाट च्युत हुने स्थिति निर्माण भइरहेको बताए । कागजसँग टाँसिएको मानिसको श्रमसँग विस्तारै विस्तारै च्युत हुँदै गइरहेको बताए । साहित्यिक पत्रकारिताको इतिहास भुल्न नहुने पनि बताएका छन् ।

उनले भने, ‘साहित्यिक पत्रकारिताको मात्रै होइन समाचार पत्रपत्रिकाको पनि समस्या भइरहेको छ । विस्तारै विस्तारै अहिलेको प्रविधिको युगअनुसार एआईको युगअनुसार विस्तारै सबैकुरा डिजिटलाइज नगरी नहुने स्थिति भइसकेको अवस्था छ । विस्तारो विस्तारो हामीले कागजको सुगन्धबाट च्युत हुनुपर्दैछ । कागजसँग टाँसिएको मानिसको श्रमसँग विस्तारै विस्तारै च्युत हुँदै जानुपरिरहेको छ । हामीले कागजबाट अब विद्युतमा सर्नुपर्दैछ । यो चुनौति हामी सबैमा छ । साहित्यिक पत्रकारिताको इतिहास भुल्नु हुँदैन । अहिलेको डिजिटल युगअनुसार चल्नुपर्ने अवस्था अवश्य छ । तर इतिहास भुल्नु हुँदैन ।’

कुलपति राईले मानिसँग आँशु हुन्जेलसम्म मानिसले कविता लेख्ने बताए ।


प्रकाशित मिति: ३१ असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?