Trending
>>   सेना परिचालनबारे अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले >>   एमाले समानुपातिक उम्मेदवारको बन्दसूची पारित, सोमबार निर्वाचन आयोगमा बुझाउने >>   काठमाडौं मेडिकल कलेजमा ‘क्याथल्याव’ र ‘इपिल्याव’ प्रविधिः आधुनिक हृदय–मस्तिष्क उपचारमा नयाँ युग >>   रास्वपा–बालेन सम्झौताः संघीयता र धर्मनिरपेक्षताबारे मौन रहेको भन्दै जसपा नेपालको आपत्ति >>   चुनाव नै नभई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमति हाँस्यास्पद : एमाले >>   रवि–बालेनलाई काँग्रेस नेता राठौरको चुनौतिः सहकारी ठग र गँजेडीहरुले १० वर्ष पार्टी चलाएर देखाउन् >>   रवि–बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैनः धनराज गुरुङ >>   रवि–बालेन सहमतिमा मुलुकलाई निकास दिने ठोस एजेण्डा छैनः राजनीतिक विश्लेषकहरू >>   काँग्रेसले समानुपातिक सूचि सोमवार आयोगमा बुझाउने >>   रवि र बालेनले सत्ता स्वार्थको लागि जेन–जी आन्दोलन हाइज्याक गर्न खोजेः योगेश भट्टराई
Logo
१३ पुष २०८२, आईतवार
१३ पुष २०८२, आईतवार

साहित्यिक पत्रारितालाई परिमार्जन गर्दै लैजानुपर्छः कुलपति राई


काठमाडौँ। नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले प्रविधिअनुसार साहित्यिक पत्रारितालाई परिमार्जन गर्दै लैजानुपर्ने बताएका छन् ।

मंगलवार नेपाल साहित्यिक पत्रकार संघको १९ औं स्थापना दिवस तथा सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले साहित्यिक पत्रकारिताको मात्रै नभइ समाचार पत्रपत्रिकामा पनि प्रविधिसँगै चुनौति आइरहेको बताए । अब विस्तारै पत्रपत्रिका र साहित्यिक पत्रकारितालाई डिजिटलाइज गर्न जरुरी रहेको बताए । अब कागजको सुगन्धबाट च्युत हुने स्थिति निर्माण भइरहेको बताए । कागजसँग टाँसिएको मानिसको श्रमसँग विस्तारै विस्तारै च्युत हुँदै गइरहेको बताए । साहित्यिक पत्रकारिताको इतिहास भुल्न नहुने पनि बताएका छन् ।

उनले भने, ‘साहित्यिक पत्रकारिताको मात्रै होइन समाचार पत्रपत्रिकाको पनि समस्या भइरहेको छ । विस्तारै विस्तारै अहिलेको प्रविधिको युगअनुसार एआईको युगअनुसार विस्तारै सबैकुरा डिजिटलाइज नगरी नहुने स्थिति भइसकेको अवस्था छ । विस्तारो विस्तारो हामीले कागजको सुगन्धबाट च्युत हुनुपर्दैछ । कागजसँग टाँसिएको मानिसको श्रमसँग विस्तारै विस्तारै च्युत हुँदै जानुपरिरहेको छ । हामीले कागजबाट अब विद्युतमा सर्नुपर्दैछ । यो चुनौति हामी सबैमा छ । साहित्यिक पत्रकारिताको इतिहास भुल्नु हुँदैन । अहिलेको डिजिटल युगअनुसार चल्नुपर्ने अवस्था अवश्य छ । तर इतिहास भुल्नु हुँदैन ।’

कुलपति राईले मानिसँग आँशु हुन्जेलसम्म मानिसले कविता लेख्ने बताए ।


प्रकाशित मिति: ३१ असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?