Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

गुड गभर्नेन्सका लागि निजामति विधेयकमा कुलिङ पिरियड रािखएको होः मन्त्री गुरुङ


काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गुड गभर्नेन्सका लागि निजामति विधेयकमा कुलिङ पिरियड राखिएको बताएका छन् ।

राष्ट्रिय सभामा निजामति विधेयकबारे सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । उनले अभ्यासका क्रममा देखिएका खोटहरु फाल्न यो व्यवस्था गरिएको बताए । उनले रटायर भएको भोलिपल्टै अख्तियार प्रमुख, राजदुत भएर जाने पद्धतिले गुड गभर्नेन्समा असर पर्ने बताए । प्रजातन्त्र र व्यवस्थाप्रति लोयल नभइ आफ्नो स्वार्थका लागि राजीनामा दिएर नियुक्ति खाने परिपाटी अन्त्य गर्न यो व्यवस्था ल्याइएको जिकिर गरे ।

मन्त्री गुरुङले भने, ‘कुलिङ अफ पिरियडको व्यवस्था किन गर्न खोजेको हो भने अभ्यासमा त हामीले देखिरहेका छौँ । हाम्रो अभ्यासमा देखिएका खोटहरुलाई हामीले फाल्न खोजेको हो । रिटायर भएको भोलिपल्टै अख्तियार प्रमुख, राजदुत भएर जाने वा कुनैपनि सरकारी निकायमा रहने कुरा स्वार्थका आधारमा उसले आजको दिनमा डेमोक्रेसीप्रति र हाम्रो व्यवस्थाप्रति लोयल नभइकन आफ्नो स्वार्थप्रति काम गर्ने परिस्थिति बन्दा गुड गभर्नेन्समा असर गर्छ भनेर त्यस्तो चिजबाट मुक्त ब्युरोकेसी खोजेको हो ।’

मन्त्री गुरुङले रिटायर भएको भोलिपल्टै अर्को निकायमा जाने कुराले गुड गभर्नेन्समा असर पर्ने बताए ।


प्रकाशित मिति: ३१ असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?