Trending
>>   कुलमानको दाबीः राजनीतिक दलको सदस्यता लिएको छैन, जिम्मेवारीबाट विमुख हुन राजीनामा दिएको होइन >>   अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा >>   मैले अहिलेसम्म चुनावमा उठ्नेबारे कुनै निर्णय गरेको छैनः सञ्चारमन्त्री खरेल >>   निक्षेप बढ्दा कर्जाको ब्याजदर घट्यो >>   हामीलाई सभापति बन्नुछैन तर पार्टी ठिक ठाउँमा उभिनुपर्छः महामन्त्री थापा >>   झलनाथको प्रश्नः देश जलाउने अपराधी बाहिर राखेर कसरी चुनाव हुन्छ ? >>   बालेन, रवि, कुलमानले अझै २० वर्षसम्म चुनाव जित्नेवाला छैनन्: ओली >>   कतारले सन् २०२६ मा इजिप्टलाई २४ वटासम्म एलएनजीका खेप आपूर्ति गर्ने >>   भेनेजुएला विरुद्धको अमेरिकी आक्रामणको चौतर्फी निन्दा र विरोध >>   धनराज गुरुङको प्रश्नः सबै आ–आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ ?
Logo
२३ पुष २०८२, बुधबार
२३ पुष २०८२, बुधबार

गुड गभर्नेन्सका लागि निजामति विधेयकमा कुलिङ पिरियड रािखएको होः मन्त्री गुरुङ


काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गुड गभर्नेन्सका लागि निजामति विधेयकमा कुलिङ पिरियड राखिएको बताएका छन् ।

राष्ट्रिय सभामा निजामति विधेयकबारे सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । उनले अभ्यासका क्रममा देखिएका खोटहरु फाल्न यो व्यवस्था गरिएको बताए । उनले रटायर भएको भोलिपल्टै अख्तियार प्रमुख, राजदुत भएर जाने पद्धतिले गुड गभर्नेन्समा असर पर्ने बताए । प्रजातन्त्र र व्यवस्थाप्रति लोयल नभइ आफ्नो स्वार्थका लागि राजीनामा दिएर नियुक्ति खाने परिपाटी अन्त्य गर्न यो व्यवस्था ल्याइएको जिकिर गरे ।

मन्त्री गुरुङले भने, ‘कुलिङ अफ पिरियडको व्यवस्था किन गर्न खोजेको हो भने अभ्यासमा त हामीले देखिरहेका छौँ । हाम्रो अभ्यासमा देखिएका खोटहरुलाई हामीले फाल्न खोजेको हो । रिटायर भएको भोलिपल्टै अख्तियार प्रमुख, राजदुत भएर जाने वा कुनैपनि सरकारी निकायमा रहने कुरा स्वार्थका आधारमा उसले आजको दिनमा डेमोक्रेसीप्रति र हाम्रो व्यवस्थाप्रति लोयल नभइकन आफ्नो स्वार्थप्रति काम गर्ने परिस्थिति बन्दा गुड गभर्नेन्समा असर गर्छ भनेर त्यस्तो चिजबाट मुक्त ब्युरोकेसी खोजेको हो ।’

मन्त्री गुरुङले रिटायर भएको भोलिपल्टै अर्को निकायमा जाने कुराले गुड गभर्नेन्समा असर पर्ने बताए ।


प्रकाशित मिति: ३१ असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?