Trending
>>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

वैकल्पिक विकास वित्त विधेयकले आर्थिक क्षेत्रको विविधिकरण र विकासका लागि सकारात्मक पहल गर्ने सांसदहरुको विश्वास


काठमाडौँ। वैकल्पिक विकास वित्त परिचालन विधेयक आर्थिक क्षेत्रको विविधिकरण र विकासका लागि सकारात्मक पहल भएपनि आवश्यक योजना र कार्यान्वयनको विश्वसनीय ग्यारेन्टी नरहेको सांसदहरुले बताएका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै सांसदहरुले यस्तो धारणा राखेका हुन् । यद्यपि मुलुकमा लगानीको वातावरण सुधार र पूँजी परिचालनमा विविधिकरण गर्न विधेयम महत्वपूर्ण सावित हुने बताए । विधेयकमाथिको छलफलमा बोल्दै नेकपा (एमाले)का सांसद वासुदेव घिमिरेले परम्परागत बैंक तथा वित्तीय संस्थाहरूबाट मात्र विकास सम्भव नहुने भन्दै वैकल्पिक वित्तीय संयन्त्रको परिचालन अपरिहार्य भएको बताए । उनले अहिले निजी क्षेत्रसँ लगानीयोग्य पूँजी भएको भएपनि ढुक्कसँग लगानी गर्न डराईरहेको उल्लेख गर्दै विधेयकले निजी क्षेत्रको लगानी संरक्षण गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘परम्परागत बैंक तथा वित्तिय संस्थाबाहेक अन्य वित्तिय संयन्त्रहरु जस्तै लगानी कोष, सहकराी, निजी क्षेत्रको लगानी र सार्वजनिक–निजी लगानीको माध्यमबाट हामीलाई आवश्यक पर्ने वित्त संकलन गर्ने यो महत्वपूर्ण उपाय हुनसक्दछ । निजी क्षेत्रसँग पूँजी छ तर निजी क्षेत्र ढुक्क भएर लगानी गर्न तयार नभएको अवस्थामा बैंक तथा वित्तिय संस्थामा अहिले करिब ७ खर्ब लगानीयोग्य रकम रहेको हामीलाई जानकारी छ । बैंकको ब्याजदर विगतको तुलनामा घटेको छ तर बैंकको आकर्षण बढाउन खासै सकिएको छैन । तसर्थ वैकल्पिक विकास वित्त परिचालनको तर्फबाट यस्तो महत्वपूर्ण कोष जसमा राज्यको ५१ प्रतिशत र निजी क्षेत्रको ४९ प्रतिशत सेयर रहने व्यवस्था गरेको छ । सरकार आफैं जिम्मेवार संस्थाको रुपमा प्रतिवद्ध हुँदा निजी क्षेत्रले ढुक्कसँग लगानी गर्ने विश्वास लिइएको छ ।’

छलफलमा बोल्दै नेपाली काँग्रेसकी सांसद मैना कार्कीले वैकल्पिक वित्त परिचालन विधेयकले विकास वित्त प्रणालीलाई विविधिकरण गर्ने सम्भावना बोकेको बताइन । उनले विधेयकमा नाफामुखी उद्देश्य मात्रै देखिएको भन्दै सामाजिक उत्तरदायित्वका आवश्यक कुराहरु राख्नुपर्ने बताएकी छिन् । उनले विधेयकले वैकल्पिक स्रोतको परिचालनमार्फ पूर्वाधार विकास, स्वरोजगारी र समावेशी सामाजिक–आर्थिक वृद्धिमा सहयोग पुर्याउन महत्वपूर्ण भुमिका खेल्ने बताइन ।

उनले भनिन, ‘यो विधेयक नेपाल विकास वित्त प्रणाली विविधिकरण गर्न, पारम्पारिक स्रोतबाहेक वैकल्पिक स्रोतको परिचालनमार्फत पूर्वाधार विकास, स्वरोजगारी र समावेशी समाजिक आर्थिक वृद्धिमा सहयोग पुर्याउनको लागि महत्वपूर्ण छ । त्यसैले प्रभावकारी लगानी गर्न सामूदायिक विकास कोष, हरित वित्तजस्ता कुरालाई विधेयकले स्पष्ट रुपमा सम्बोधन गर्न आवश्यक छ । वैकल्पिक वित्त भनेको केवल नाफामुखी लगानीमात्र होइन, सामाजिक उत्तरदायित्व बोकेको वित्त पनि हुनुपर्छ । यो मेरो सुझाव छ । वैकल्पिक वित्तिय स्रोतहरुको परिचालन पारदर्शी, उत्तरदायित्व र निगरानीको संयन्त्र मजबुत हुनुपर्छ ।’

छलफलमा भाग लिँदै नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले विधेयकलाई सैद्धान्तिक रूपमा सकारात्मक भएपनि सरकारसँग स्पष्ट योजना र प्राथमिकता नभएको गुनासो गरे । उनले सरकारसँग १६ औँ पञ्चवर्षिय योजना कार्यान्वयनका लागि समेत स्पष्ट योजना नरहेको बताए । उनले समग्र आर्थिक प्रणालीलाई योजनावद्ध ढंगले अघि बढाउने उद्देश्य विधेयकमा देखिनु पर्नेमा सरकार कमजोर देखिएको टिप्पणी गरे ।

उनले भने, ‘योजनावद्ध रुपमा देशको अर्थ प्रणालीलाई अगाडि बढाउने लक्ष्य विधेयकमा देखिएन । विधेयकको सफलताको शुभकामना पनि म व्यक्त गर्न चाहान्छु, तर देशलाई उर्जाको क्षेत्रमा, सडकको क्षेत्रमा रेलमार्गको क्षेत्रमा सुरुङमार्गको क्षेत्रमा, औद्योगिक पार्कको क्षेत्रमा, शहरी पुर्वाधारको क्षेत्रमा म यहाँ पुर्याउँछु भन्ने योजना सरकारसँग भएन । त्योसँग मिट हुनेगरी विधेयक आउनुपथ्र्यो । योजना आयोगले १६औँ योजना प्रक्षेपण गरेको छ । योजना बैंकमा योजनाहरु सूचीकृत छ । नीति कार्यक्रम आयो, आर्थिक प्रणाली आयो तर प्रतिवद्धता छैन । यो वर्षको नीति तथा कार्यक्रममा सातै प्रदेशको विरोध हेर्नुभयो भने सबै भद्रगोल छ । सरकारसँग सडक, उर्जा, खानेपानी लगायतको क्षेत्रमा प्रक्ष्येपण नै भएन ।’

बैठकमा बोल्ने अधिकांश सांसदहरुले वर्तमान अवस्थामा बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य रकम थुप्रिनु, विकास निर्माणमा आवश्यक पूँजी अभाव देखिनु र निजी क्षेत्रको लगानीमा हिचकिचाहट हुनु नेपाली अर्थतन्त्रको चुनौती बन्दै गएको धारणा राखेका छन् ।


प्रकाशित मिति: ३१ असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?