Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

विधान महाधिवेशनमा मेरो भुमिका केन्द्रिय कमिटीले गरेको निर्णयमा भर पर्छः एमाले नेतृ भण्डारी


काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विधान महाधिवेशनमा आफ्नो उपस्थिति पार्टीको केन्द्रिय कमिटीले गरेको निर्णयका आधारमा हुने बताएकी छिन् ।

मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएकी हुन् । पार्टीको विधान महाविधेशन नजिकिरहेको बारेमा कसरी सहभागिता जनाउनुहुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा पूर्वराष्ट्रपति एवं एमाले नेतृ भण्डारीले केन्द्रिय कमिटीको निर्णयमा भर पर्ने बताइन । प्रतिनिधिको रुपमा वा आमन्त्रित सदस्यको रुपमा कसरी बोलाउँछ केन्द्रिय कमिटीले भन्नेकुरामा निर्भर रहने उनको भनाइ छ ।

पूर्वराष्ट्रपति भण्डारीले भनिन, ‘मेरो उपस्थिति उहाँहरुले कसरी गराउनु हुन्छ ? त्यो केन्द्रिय कमिटीमै भर पर्ने कुरा हो । विधान महाधिवेशनको सन्दर्भमा उहाँहरुले मलाई प्रतिनिधिको रुपमा वा आमन्त्रित सदस्यको रुपमा कसरी गराउनुहुन्छ, त्यो हो । यसमा यही गर्नुपर्छ भन्ने छैन । तर समग्रतामा देशभित्र पार्टीले जसरी जुन जनताको तहमा काम गरिरहेको छ, त्यो तहको प्रतिनिधित्व बढाउने तहमा केन्द्रिय कमिटीले छलफल गरेर एउटा धारणा बनाउनेछ ।’

पूर्वराष्ट्रपति एमालेबाट अब पुनः सक्रिय भएर देशको सेवा गर्ने अठोट लिएको बताइन । आफू पार्टीभित्रको कुन संरचनामा के भुमिका हुने भन्नेकुरा पार्टीको केन्द्रिय कमिटीको निर्णय अनुसार भर पर्ने बताएकी छिन् ।


प्रकाशित मिति: ३१ असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?