Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

वन अतिक्रमणले कम्दी जैविक मार्ग संकटमा पर्दै


१३ जेठ, बाँके । वन क्षेत्रमा बढ्दै गएको अतिक्रमणले बाँकेस्थित कम्दी जैविक मार्ग सङ्कटमा पर्दै गएको छ । नेपाल–भारत सीमावर्ती निकुञ्जमा वन्यजन्तु आउजाउ गर्ने कम्दी जैविक मार्ग मानव बस्ती विस्तार, वन फँडानी र अतिक्रमणका कारण ठाउँ–ठाउँमा मार्ग टुक्रिँदै गएको छ ।

मुलुकका प्रमुख सात जैविक मार्गभित्र पर्ने कम्दी जैविक मार्गलाई वन्यजन्तु आउजाउका लागि निकै सहज मानिन्छ । दक्षिणतर्फ भारतको सुहेलवा राष्ट्रिय निकुञ्ज, पूर्व कपिलवस्तुको सरकारी वन, उत्तर बाँके राष्ट्रिय निकुञ्जलाई कम्दी जैविक मार्गले जोडेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले जानकारी दिए ।

राप्ती सोनारी गाउँपालिका–६ अवस्थित राप्ती पीडित तथा गुलरी सामुदायिक वनमा राप्ती नदीको बाढी र अतिक्रमणका कारण जैविक मार्ग टुक्रिएको तथा कम्दी जैविक मार्ग टुक्रिएको स्थानमा जङ्गली जनावार असुरक्षित हुने र बस्तीमा पस्ने गरेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत शाह भनाइ छ ।

अतिक्रमणका कारण टुक्रिएको वन जोड्न अतिक्रमण हटाउने र खाली सरकारी जग्गामा वृक्षरोपण गर्न सामुदायिक तथा राष्ट्रिय वन विकासका कार्यक्रम तय गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी गणेशबहादुर खड्काले बताए । उनका अनुसार कम्दी जैविक मार्गअन्तर्गत राप्ती सोनारी–६ अवस्थित राप्ती पीडित तथा गुलरी सामुदायिक वन क्षेत्रमा भएको करिब एक सय हेक्टर अतिक्रमण वन कार्यालयले हटाएको छ । अतिक्रमणका कारण खाली भएको क्षेत्रमा अहिले तारवार गरेर वृक्षरोपण गर्न थालिएको छ ।

कम्दी जैविक मार्गअन्तर्गत राप्ती सोनारी–६ अवस्थित राप्ती पीडित तथा गुलरी सामुदायिक वनको मसुरियामा राप्ती नदीको बाढी र अतिक्रमणका कारण टुक्रिएको वन जोड्न तारवार गरिएको तराई भू–परिधि कार्यक्रमका सह–प्रबन्धक कमलराज राईले जानकारी दिए । उनका अनुसार राप्ती पीडित तथा गुलरी सामुदायिक वनमा जिल्ला वन कार्यालयले हटाएको अतिक्रमित क्षेत्रमध्ये करिब ८५ हेक्टर क्षेत्रफलमा तारवार गरेर संरक्षणको थालनी गरिएको छ । जैविक मार्गअन्तर्गत टुक्रिएको वन जोड्ने क्रमशः अन्य क्षेत्रमा पनि काम गरिने भएको छ ।

यो मार्ग भएर बाघ, हात्तीलगायत वन्यजन्तु आउजाउ गर्छन् । वन्यजन्तु ओहर–दोहर गर्ने कम्दी जैविक मार्गअन्तर्गत कोहलपुर नगरपालिका–७ जोगीडाँडास्थित शक्ति सामुदायिक वनमा तराई भू–परिधि कार्यक्रममार्फत कृतिम पोखरी निर्माण गरिएको छ । तराई भू–परिधि कार्यक्रमका सहजकर्ता तिलक चौधरीले निकुञ्जसँगको सहकार्यमा कम्दी जैविक मार्गका साथै निकुञ्ज क्षेत्रमा प्राकृतिक र कृत्रिम ताल निर्माण तथा व्यवस्थापनलगायतका काम गरिएको जानकारी दिए ।


प्रकाशित मिति: १३ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?