भक्तपुर। नवौं भक्तपुर औद्योगिक, सांस्कृतिक पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८१÷२०८२ चैत्र २८ गतेदेखि शुरु हुने भएको छ । बिहीवार महोत्सव आयोजक समितिले पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो । मेला चैत्र २८ गतेदेखि वैशाख ७ गतेसम्म सञ्चालन हुनेछ । महोत्सव भक्तपुरको सल्लाघारीको तीनकुनेस्थित खुला चौरमा हुने आयोजकले बताएको
काठमाडौँ। १० हजार सीपयुक्त जनशक्ति तयार गर्न काठमाडौं टेक्निकल स्कुलको स्थापना भएको छ । काठमाडौं टेक्निकल स्कुलले पहिलो वर्षमै हस्पिटालिटी र केयरगिभरको क्षेत्रमा ठूलो मात्रमा सीपयुक्त जनशक्ति तयार गर्ने योजना लिएको छ । प्रत्येक वर्ष ५ लाख युवायुवतीहरु नेपाली बजारमा प्रवेश गर्ने गरेका छन् । त्यो श्रम शक्ति देशभित्र खपत
काठमाडाैं । प्रहरी महानिरीक्षक दीपक थापाले हिरासतमा रहेका व्यक्तिहरुको मानवअधिकारको पूर्ण प्रत्याभुति हुनेगरी व्यवस्थापन गरेको बताउनुभएको छ ।आईतवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले हिरासतमा रहेका व्यक्तिहरुलाई आधारभुत आवश्यकता अन्तर्गत गाँस, बास र कपासको व्यवस्थापन गरेको बताउनु भयो
काठमाडौँ। प्रतिनिधि सभा अन्तर्गत कानून, न्याय तथा मानव अधिकार समिति सदस्यहरुले विवाहको उमेर सम्बन्धी विषयमा आफ्ना धारणा राखेका छन् । आईतवार सिंहदरबारमा बसेको समितिको बैठकमा समिति सदस्यहरुले छलफलका विभिन्न विषयमा आफ्ना धारणा राखेका हुन् । नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले सातवटा प्रदेशमा एउटा एउटा नमूनायोग्य हिरासत निर्माणका लागि
काठमाडाैं ।खानेपानीमन्त्री प्रदीप यादवले नेपाल खानेपानी संस्थानका कर्मचारीहरुलाई विनियमावली कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ ।आईतवार मन्त्रालयमा ‘कर्मचारी सेवा शर्त विनियमावली –२०८१’ सम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले कर्मचारीहरुलाई यस्तो निर्देशन दिनुभएको हो । उहाँले लामो समयदेखि रोकिएर बसेको कर्मचारी सेवा शर्त विनियमावली कर्मचारी हकहितका लागि लागू भएको बताउनु भयो
काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासले अमेरिकाको भिसा लिएका नेपालीलाई यदि अमेरिकाका कानुन र आप्रवासन नियम उल्लंघन गरे भने देशबाट निष्कासन गर्ने चेतावनी दिएको छ। दूतावासले सामाजिक सञ्जालमा भनेको छ, ‘अमेरिकी भिसा जारी भएपछि पनि हामी भिसावाहकहरूको जाँच जारी राख्छौं। यदि कसैले नियम उल्लंघन गरेमा, उनीहरूको भिसा रद्द गरी निष्कासन गरिनेछ।’
काभ्रेपलाञ्चोक । जिल्लाको दक्षिणी क्षेत्र बेथानचोक गाउँपालिका-३ बोल्दे स्थित गोरखनाथ सामुदायिक वनमा आइतबार रातिदेखि डढेलो लागेको छ । उक्त वनमा राति ११:०० बजेदेखि लागेको डढेलो नियन्त्रणका लागि आज बिहानैदेखि प्रयास भइरहेको जनाइएको छ । आगलागी भएको क्षेत्रबाट बस्ती करिब एक किलोमिटर टाढा रहेको तथा थलीडाँडा र हर्कभन्ञ्याङमा लगिएको खानेपानी आयोजना
काठमाडौँ। प्राध्यापक डाक्टर युवराज संग्रौलाले आफूमाथि लागेको आरोपको अनुसन्धान गर्न माग गरेका छन् । आईतवार काठमाडौं स्कुल अफ लले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताउनुभएको हो । उनले आफूलाई लागेको यौन दुव्र्यवहारको आरोपप्रति राज्यको निकायले अनुसन्धान गर्छ भने जुनसुकै समयमा तयार रहेको बताए । उनले कुनै अमुक व्यक्तिले
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको कार्यक्रममा नेकपा (माअोवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्विर जलाइएको छ । हेटौंडा उपमहानगरपालिकामा आयोजित राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको कार्यक्रममा सदस्य सचिव निराजन बमले प्रचण्डको तस्विर जलाएका हुन् । प्रचण्डको तस्विर जलाइएको सो कार्यक्रममा प्रतिनिधिसभा सदस्य
काठमाडौं । होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज (बिहीवार) बिहानैदेखि होली मनाउन शुरु भएकोमा होलीलाई व्यवस्थित बनाउन प्रहरीले चेकजाँचमा कडाइ गरेको हो । होली पर्वको अवसरमा मानिसहरु उश्रृंखल गतिविधि गर्ने, लोला हान्ने, मादक पदार्थ सेवान गरी सवारीसाधन चलाउने लगायतका गतिविधिहरु