Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

साउनको अन्तिम सोमवारः पशुपतिमा वागमतीको जल लिएर दर्शनमा भक्तजन (तस्बिरहरु)


साउनको अन्तिम सोमवारः पशुपतिमा वागमतीको जल लिएर दर्शनमा भक्तजन (तस्बिरहरु)

काठमाडौँ।साउन महिना भगवान शिवको अति प्रिय महिना मानिन्छ । विशेष गरी साउनको सोमवार व्रत बसी भगवान शिवको जलअभिषेक, पूजा र ध्यान गर्नाले पारिवारिक सुख, शान्ति, निरोगिता र मनोकाङ्क्क्षा पूरा हुने धार्मिक विश्वास छ ।

आज साउनको अन्तिम सोमवार भएकाले महिनाभरि सोमवारे व्रत बसेका श्रद्धालुहरूले विशेष साङ्ग्रो (व्रत उद्यापन) गरी पूजाआजा सम्पन्न गरिरहेका छन् । पशुपति परिसरमा बोलबम ! जय शिव ! को ओझपूर्ण ध्वनि गुञ्जिरहेको छ । सुन्दरीजलबाट धापेर पवित्र वागमतीको जल ल्याई पशुपतिनाथको ज्योतिर्लिङ्गमा चढाउने बोलबमका गेरुवा वस्त्रधारी टोलीहरू विशेष आकर्षण बनेका छन् । युवायुवतीहरू हातमा रुद्राक्ष, बेलपत्र र तामाको कलश समातेर शिवभक्तिमा झुमिरहेका देखिन्छन् । साथै, पशुपतिको पावन पृष्ठभूमिमा आफ्ना परिवार र साथीहरूसँग सेल्फी र तस्बिर खिचेर यो पवित्र दिनलाई स्मरणीय बनाउने दृश्य पनि मनमोहक छ । साउनको सोमवार पशुपतिनाथमा अर्पण गरिएको एउटै बेलपत्र र वागमतीको जलले करोडौँ जन्मको पाप पखाल्ने धार्मिक मान्यता छ ।

पशुपति क्षेत्र विकास कोष र नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको सहकार्यमा मन्दिर परिसरमा सुरक्षा तथा सहज दर्शनको व्यवस्था मिलाइएको छ । दर्शनार्थीहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै सशस्त्र प्रहरीको मेडिकल टोलीद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ, जहाँ ज्येष्ठ नागरिक तथा बिरामी श्रद्धालुहरूको रक्तचाप जाँच र प्राथमिक उपचार भइरहेको छ । पशुपतिको बाहिरी परिसरमा असहायहरूलाई भोजन तथा दानपुण्य गर्ने क्रम पनि निरन्तर चलिरहेको छ । मन्दिरको मूल प्राङ्गण तथा वागमती किनारमा पण्डित–पुजारीहरूबाट संकल्प गराई रुद्री, चण्डी पाठ तथा टीका–प्रसाद ग्रहण गर्ने भक्तजनहरूको भीड छ ।

कपुर र धूपको सुगन्धित धुवाँ, घिउका दियाहरू र ’ॐ नमः शिवाय’ को गुञ्जनले सम्पूर्ण पशुपतिनाथ क्षेत्रलाई कैलाशधाम सरह दिव्य र आध्यात्मिक बनाएको छ ।

साउनको अन्तिम सोमवारः पशुपतिमा वागमतीको जल लिएर दर्शनमा भक्तजन (तस्बिरहरु)
साउनको अन्तिम सोमवारः पशुपतिमा वागमतीको जल लिएर दर्शनमा भक्तजन (तस्बिरहरु)


प्रकाशित मिति: २५ श्रावण २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?