Trending
>>   सुदूरपश्चिम रोयल्सको दोस्रो जित >>   सात जना नेपाली खेलाडीमा जिताउने क्षमता छ: करण केसी >>   काँग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रिय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग पुग्यो >>   नियुक्ति सिफारिस पारदर्शी बनाउन सरकारलाई निर्देशन दिन्छौँः सभापति श्रेष्ठ >>   विचौलिया प्रकरणमा सरकार आफैँ मुछिएको छ, यसको स्वतन्त्र छानविन सरकारले गर्न सक्दैनः महामन्त्री पौडेल >>   प्रेस स्वतन्त्रतामाथि गरिएको हस्तक्षेपको छानविन गर्न संसदीय विशेष समिति बनाउन काँग्रेसको माग >>   फिनटेक नवप्रवर्तनलाई प्रोत्साहन गर्न राष्ट्र बैंकले अनुकूल वातावरण बनाइरहेको छः गभर्नर पौडेल >>   राज्य सञ्चालन बालबालिकाको भाँडाकुटी बन्योः शंकर पोखरेल >>   भोटेकोशी बाढीबारे चीनले तत्काल सूचना दिएको थिएनः परराष्ट्र सचिव राई >>   न्यायाधीशमाथी महाभियोग लगाउने विषयमा काँग्रेसले तत्काल धारणा सार्वजनिक नगर्ने :भीष्मराज आङदेम्बे
Logo
१७ कार्तिक २०८३, मंगलवार
१७ कार्तिक २०८३, मंगलवार

साउनको तेस्रो सोमवारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो


साउनको तेस्रो सोमवारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

काठमाडौ। साउन महिनाको तेस्रो सोमवार आज काठमाडौंको पशुपतिनाथ मन्दिरसहित मुलुकभरका विभिन्न शिवालयहरूमा भक्तजनको ठूलो घुइँचो लागेको छ ।

विशेष गरी सोमवारको दिन भगवान शिवको पूजा–आराधना र दर्शनका लागि बिहानैदेखि श्रद्धालुहरूको उल्लेख्य उपस्थिति देखिएको हो । पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि भक्तजनहरू लामवद्ध भएर दर्शन गरिरहेका छन् । साउन महिना र सोमवारको विशेष धार्मिक महत्वका कारण पशुपति क्षेत्रमा श्रद्धालुको बाक्लो चहलपहल रहेको छ । पशुपतिनाथका साथै मुलुकका अन्य प्रमुख शिव मन्दिरहरूमा पनि आज भक्तजनको उल्लेखनीय उपस्थिति रहेको छ । देशभरका विभिन्न स्थानमा रहेका शिवालयहरूमा भक्तजनहरूले महादेवको पूजा–आराधना गर्दै जल अर्पण गरिरहेका छन् । साउनको सोमवारका अवसरमा विशेष गरी महिला श्रद्धालुहरू व्रत बस्ने र शिव मन्दिरमा पुगेर सुख, शान्ति तथा समृद्धिको कामना गर्ने परम्परा रहिआएको छ ।

मुलुकभरका शिवालयहरूमा भक्तजनको चापलाई मध्यनजर गर्दै सुरक्षा र दर्शनको व्यवस्थापनलाई सहज बनाइएको छ । पशुपतिनाथ क्षेत्रलगायतका स्थानमा भक्तजनको सहजताका लागि स्वयंसेवक तथा सुरक्षाकर्मीहरू परिचालन गरिएका छन् ।


प्रकाशित मिति: १८ श्रावण २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?