Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

हेटौँडा कपडा उद्योगमा सरसफाई र विद्युत जडानको काम हुँदै


काठमाडौँ। लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारीस्वरूप उद्योग परिसरमा सरसफाई तथा विद्युत जडानको काम भइरहेको छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, हेटौंडा शाखाका सूचना अधिकारी हिमालय भण्डारीले उद्योगभित्र अहिले प्रारम्भिक तयारीका कामलाई प्राथमिकता दिइएको जानकारी दिनुभएको हो । सूचना अधिकारी भण्डारीकाअनुसार उद्योग परिसरमा वर्षौंदेखि थुप्रिएको झारपात, फोहोर तथा अनावश्यक सामग्री हटाउने काम भइरहेको छ । साथै उद्योग सञ्चालनका लागि आवश्यक विद्युत प्रसारण तथा विद्युत जडानको काम पनि सँगसँगै अघि बढाइएको छ । उहाँकाअनुसार यी काम पूरा भएपछि उद्योगभित्र रहेका भवन, मेसिन तथा अन्य संरचनाको विस्तृत प्राविधिक मूल्याङ्कन गरिनेछ ।

भण्डारीले लामो समयदेखि उद्योग बन्द रहेकाले भवन, मेसिन तथा उपकरणको वास्तविक अवस्था अध्ययन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । त्यसका लागि नेपाली सेनाको प्राविधिक टोलीले आवश्यक तयारी गरिरहेको उनले जानकारी दिएका छन् ।

उद्योग पुनः सञ्चालनका लागि चरणवद्ध रूपमा काम अघि बढाइएको छ । पहिलो चरणमा उद्योग परिसरलाई व्यवस्थित बनाउने, आवश्यक पूर्वाधार तयार गर्ने तथा विद्युत आपूर्तिको व्यवस्था मिलाउने काम भइरहेको छ । त्यसपछि मेसिन तथा उपकरणहरूको निरीक्षण, मर्मत तथा प्राविधिक परीक्षणलगायतका प्रक्रिया अघि बढाइनेछ ।

हेटौँडा कपडा उद्योग चीन सरकारको सहयोगमा स्थापना भएको मुलुककै पुराना सरकारी उद्योगमध्ये एक हो । वि.सं.२०३५ सालदेखि व्यावसायिक उत्पादन थालेको उद्योगले एक समय स्वदेशी कपडा उत्पादनमा महत्वपूर्ण योगदान पुर्याएको थियो । पूर्ण क्षमतामा सञ्चालन हुँदा उद्योगले १२०० भन्दाबढीलाई रोजगारी दिएको थियो । तर उद्योग २०५६ सालदेखि पूर्ण रूपमा बन्द छ । सरकारले बन्द अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः सञ्चालन गर्ने नीति अनुरूप हेटौंडा कपडा उद्योगमा पनि आवश्यक तयारी अघि बढाएको छ । सोही क्रममा उद्योग परिसरको सरसफाइ, विद्युत् जडान तथा अन्य आधारभूत पूर्वाधार व्यवस्थापनका काम भइरहेको सूचना अधिकारी भण्डारीले बताएका छन् ।


प्रकाशित मिति: ३१ असार २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?